तमोर नदीले बगाएर तीन जना बेपत्ता

0
536

बिराटनगर।

ताप्लेजुङ र तेह्रथुम जिल्लाका २ स्थानमा तमोर नदिले बगाएर तीन जना बेपत्ता भएका छन् ।

घरबाट टिपटाला तर्फ जाँदै गरेका ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–६ का ५७ बर्षीय कालुमान तक्मादेन लिम्बुलाई स्थानीय सिजनेमा खोलाले बगाएर नजिकै रहेको तमोर नदीमा पुर्‍याई बेपत्ता भएको तथा बेपत्ता भएका लिम्बुको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

त्यस्तै साथीहरुसंगै तमोर नदीमा पौडी खेल्न गएका तेह्रथुम आठराई गाउँपालिका–५ होडाका १५ बर्षीय सन्तोष तामाङ र १८ बर्षीय रन्जित शेर्पालाई पनि तमोर नदिले बगाउँदा बेपत्ता भएका छन् ।

पौडी खेल्न गएका उनीहरुलाई अचानक नदीले बगाएको प्रहरीले जनाएको छ । तीनै जनाको खोजतलास भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here