शिक्षक प्रविधिमा सबल बन्दै

९ असार २०७७, मंगलवार मा प्रकाशित

विराटनगर,

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सामुदायिक विद्यालयका शिक्षक प्रविधिमा सवल बन्दै गएको बताउनुभएको छ ।

प्रदेश १ का शिक्षकको मङ्गलबार अनलाइन परियोजना प्रस्तुति कार्यक्रममा उहाँले लकडाउनको अवधिमा सिकेका कुरालाई व्यवहारमा उतार्न सुझाव दिँदै उत्कृष्ट प्रस्तुतिलाई मन्त्रालयले सम्मान गर्ने बताउनुभयो । मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले शिक्षाको गुणस्तर वृद्धिमा सूचना प्रविधि तालीमले महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा राख्नुभयो ।

इक्वालिटी फाउण्डेशन अमेरिकाका कार्यकारी निर्देशक मेदनी अधिकारीले प्रविधिमैत्री विद्यालय निर्माणमा प्रदेश सरकारले शुरु गरेको कार्यको प्रशंसा गर्नुभयो । प्रदेशका विभिन्न विद्यालयका शिक्षकले नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक लगायतका विषयको प्रस्तुति गरेका थिए ।

मन्त्रालयले विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधारका लागि प्रविधिमैत्री शिक्षक समाजसँगको सहकार्यमा प्रदेशका ६०० शिक्षकलाई सूचना प्रविधिसम्बन्धी अनलाइन शिक्षक तालीम सञ्चालन गरेको छ । कार्यक्रममा ४०० बढीको सहभागिता थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here