‘एकका लागि एक’ अभियानमा झापाका नीजि हस्पिटलको साझेदारी

0
438

तुलसीप्रसाद निरौला / बिर्तामोड।

सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा सुरु गरिएको ‘एकका लागि एक’ अभियानको अगुवाईमा कोरोना भाइरसको संक्रमण परीक्षण गर्न नागरिकस्तरवाट झापामा स्थापना गर्न लागिएको पीसीआर प्रयोगशालाका लागी झापाका नीजि हस्पिटलले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

संवाद समूहको संयोजन तथा एकका लागि एक अभियानको आयोजनामा विर्तामोडमा भएको छलफलमा नागरिकको स्वास्थ्य संवेदनशीलता र राहतमा योगदान गर्दै सरकारलाई सहयोग पुर्याउन थालिएको अभियानमा झापाका नीजि हस्पिटलले साझेदारी गर्ने प्रतिवद्धता जनाएका हुन् ।

एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीको अध्यक्षतामा भएको छलफलमा साझेदार संस्थाहरुको तर्फबाट नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले झापामा कोरोना संक्रमित वढीरहेको अवस्थामा ‘एकका लागि एक’ अभियानको अगुवाईमा कोरोना भाइरसको संक्रमण परीक्षण गर्न नागरिकस्तरवाट झापामा पीसीआर प्रयोगशाला स्थापना गर्न लागीएकाले प्राविधिक तथा आर्थिक रुपमा सहयोग गर्न नीजि हस्पिटलका सञ्चालक तथा प्रतिनिधीलाई आग्रह गरेका थिए ।

छलफलमा विर्तासीटी हस्पिटलका मेडिकल डाइरेक्टर डा.अनिल वस्नेत , कनकाई हस्पिटलका अध्यक्ष तथा मेडिकल डाइरेक्टर डा.प्रेमवहादुर शाही , कनकाई हस्पिटलका व्यवस्थापक अभय खवास , अञ्जली हस्पिटलका डा.प्रमोदकुमार राय, एडभान्स प्याथोलोजीकी डा.सीमा वर्मा प्रधान, वीएण्डसी हस्पिटलका प्रवन्ध निर्देशक निराजन प्रसाईं, वायोमेडिकल इञ्जिनीयरहरु मिशाल पोखरेल , सोवित प्रसाई लगायतले ‘एकका लागि एक’ अभियानको अगुवाईमा कोरोना भाइरसको संक्रमण परीक्षण गर्न नागरिकस्तरवाट झापामा पीसीआर प्रयोगशाला स्थापना गर्ने कार्य प्रशंसनीय भएको भन्दै आ–आफ्नो तर्फवाट सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

छलफलमा उनीहरुले साझा प्रतिवद्धता समेत जनाएका थिए । झापामा नागरिकस्तरवाट स्थापना गरी सञ्चालनको तयारी गरिएको कोरोना भाइरसको संक्रमण परीक्षण गर्ने पीसीआर प्रयोगशालाका लागी आवश्यक सहयोग गर्न हामी सञ्चालक तथा प्रतिनिधीहरु साझा प्रतिवद्धता व्यक्त गर्दछौं – साझा प्रतिवद्धतामा उल्लेख छ ।

छलफलमा एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीले एकका लागि एक अभियानको अगुवाईमा हालसम्म एक करोड २२ लाख रुपैयाँ संकलन भएको बताए । उनले सवैको सहयोगमा मात्र झापामा पीसीआर प्रयोगशाला स्थापना गर्न सकिने भएकाले उक्त अभियानमा जोडिन नीजि हस्पिटलका सञ्चालक तथा प्रतिनिधीलाई आग्रह गरेका थिए ।

एकका लागि एक अभियानका सदस्य तथा नेपाल रेडक्रस सोसाइटी विर्तामोड उपशाखा सभापति सजेश शिवाकोटीले धन्यवाद ज्ञापन गरेको छलफलको सहजीकरण नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले गरेको ‘एकका लागि एक’ अभियानका सदस्य तथा वीरता जेसीजका अध्यक्ष मिजाश पोखरेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here