‘सेफ्टी पूर्वाञ्चल तीज तारा’को अडिसन शुरु

0
683

विर्तामोड,भदौ २ । ‘सेफ्टी पूर्वाञ्चल तीज तारा’को अडिसन शुरु   अन्तरगत आइतबार विर्तामोड सम्पन्न पहिलो चरणको अडिसनबाट  अनारमनीको सनातन टोल समूह प्रथम भएकोे छ ।
गृहिणी महिलामा लुकेर रहेको प्रतिभाको कदर गर्ने उद्देश्यले मकालु  टेलिभिजनद्वारा आयोजित उक्त अडिसनबाट अनारनीको नन्द भाउजु समूह द्धितीय स्थान हासिल गर्न सफल भएको छ ।
त्यसैगरी तेश्रो, चौथो र पाँचौ स्थानमा क्रमशः अर्जुनधाराको श्री सूर्यज्योति अंग्रेजी आवासीय विद्यालय, अनारमनीको प्रगति नागरिक सचेतना केन्द्र, र सुरुङ्गाको सृजनशील महिला समूह (ख) चयन भएका छन् ।
झापा जिल्लाका विभिन्न ठाउँबाट प्रतियोगी नौ महिलाहरुको समूहबाट पाँच समूहलाई छनौट गरेको हो ।
पूर्वाञ्लमै पहिलो पटक मकालु टेलिभिजनले आयोजना गरेको उक्त ‘सेफ्टी पूर्वाञ्चल तीज तारा’ अन्तरगत पहिलो अडिसन विर्तामोडमा सम्पन्न भएको मकालु टेलिभिजनका झापा प्रतिनिधि प्रकाश उप्रेतीले दिए ।
कार्यक्रम अनुसार दोश्रो चरणको अडिसन आगामी भदौ ८ गते इटहरीमा र फाइनल भदौ २१ गते धरानमा हुने कार्यक्रम संयोजक सन्तोष सापकोटाले जानकारी दिए ।
उक्त प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, द्धितीयलाई १५ हजार र तृतीयलाई १० हजार नगद तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
आइतबारको अडिसनमा उर्लाबारीका नवराज भट्टराई,  विराटनगरका विन्दीया कार्की र धरानका नगेन्द्र राईको निर्णायक टोली रहेको उक्त कार्यक्रमको सञ्चालन  रञ्जना शाही र नकुल बस्नेतले गरेको  झापा प्रतिनिधि नविन पौड्लले जानकारी दिए ।