स्वास्थ्य चौकीको शिलान्यास

0
902

काँकरभिट्टा,

स्थानीयवासीले स्वास्थ्य चौकी निर्माणका लागि निःशुल्करुपमा जग्गा उपलब्ध गराएपछि मेचीनगर –८ मा सुविधा सम्पन्न स्वास्थ्य चौकी निर्माण हुने भएको छ ।

भवन निर्माणका लागि स्थानीय दिलप्रसाद र किशोर तिम्सिनाले मूल्य ८८ लाख रुपैयाँ मुल्य बराबरकोे ४ कठ्ठा जग्गा आफ्ना आमाबाबु शम्भुप्रसाद र सीता तिम्सिनाको स्मृतिमा उपलब्ध गराएपछि मेचीनगर–८ स्थित सालघारीमा निर्माण हुन लागेको स्वास्थ्य चौकी भवनको मंगलबार १ नम्बर प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीले शिलान्यास गरेका थिए ।

संघीय सरकारबाट स्वास्थ्य मन्त्रालयमार्फत उक्त भवन निमार्णका लागि २८ लाख रकम विनियोजन गरेको र सोही अनुसार स्वास्थ्य चौकी भवन निर्माण शुरु भएको हो । मेचीनगर – ८ वडा अध्यक्ष विकेन्द्र धिमालको अध्यक्षतामा सम्पन्न शिलन्यास कार्यक्रम सञ्चालन नेकपा मेचीनगर–८ का वडा अध्यक्ष कुन्दन निरौलाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here