अर्जुनधारा नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम सभामा पेश

१० असार २०७७, बुधबार मा प्रकाशित

अर्जुनधारा।

स्थानीय सरकार सञ्चालन ऐन २०७४मा उल्लेख भए अनुसार झापाको अर्जुनधारा नगरपालिकाले आगामी आर्थिक वर्ष ०७७ ÷०७८को वार्षिक नीति तथा कार्यक्रम बुधबार नगर सभामा पेश गरेको छ ।

उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले तोकेको कार्यपालिकाको कुनै सदस्यले आगामी आर्थिक वर्षको राजश्व र व्यय(बजेट)को अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गतेभित्र पेश गर्नुपर्ने प्रावधान अनुसार उक्त बजेट सभामा पेश गरिएको हो ।

नगर प्रमुख हरिकुमार रानाको अध्यक्षता र प्रदेश नं. १का सांसद् वृख प्रधानको प्रमुख आतिथ्यमा आयोजित सातौं नगर सभामा उपप्रमुख एवम् योजना तर्जुमा उपसमितिकी संयोजक कमला खतिवडा आचार्यले आगामी आर्थिक वर्षको लागि सामाजिक सुरक्षा भत्ताबाहेक अनुमानित ७९ करोड ६३ लाख ४१ हजार बराबरको वार्षिक नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेकी थिइन् ।

प्रस्तुत गरिएको बजेटमध्ये आन्तरिक आयबाट पाँच करोड ५० लाख, नेपाल सरकारबाट प्राप्त हुने अनुदान अन्र्तगत सशर्त अनुदानबाट २४ करोड ५५ लाख, वित्तिय समानीकरणबाट १६ करोड ७४ लाख, विशेष अनुदानबाट दुई करोड र समपुरक अनुदानबाट ८० लाख, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान अन्र्तगत सशर्त अनुदानबाट एक करोड, वित्तिय समानीकरणबाट ७७ लाख ४१ हजार, विशेष अनुदानबाट दुई करोड र समपुरक अनुदानबाट एक करोड प्राप्त गर्ने लक्ष्य लिइएको छ ।

त्यसैगरी नेपाल सरकारको राजश्व बाँडफाँड अन्र्तगत मूल्य अभिवृद्धि कर र अन्तशुल्कबाट दश करोड २० लाख, प्रदेश सरकारको राजश्व बाँडफाँड अन्र्तगत प्राकृतिक स्रोत बाँडफाँडबाट चार करोड, यातायात कर बाँडफाँडबाट एक करोड २६ लाख र घरजग्गा रजिष्ट्रेशनबाट तीन करोड, विभिन्न साझेदारी निकायहरु अन्र्तगत सडक बोर्ड नेपालबाट ३५ लाख, नेपाल पर्यटन बोर्डबाट २५ लाख, संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयबाट ५० लाख, खेलकुद मन्त्रालय वा अन्र्तगत निकायबाट ६० लाख र तराई मधेस सम्वृद्धि कार्यक्रमबाट ६२ लाख, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट दुई करोड ३४ लाख, निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमबाट दुई करोड ११ लाख र स्थानिय तह क्षमता विकास कार्यक्रमबाट चार लाख प्राप्त गर्ने लक्ष्य लिइएको छ ।

त्यस्तै चालु आर्थिक वर्ष ०७६÷०७७को लागि एक अर्ब पाँच लाख ९० हजार बराबरको बजेट प्रक्षेपण गरिएकोमा आन्तरिक आय, राजश्व बाँडफाँड र संघीय अनुदान अपेक्षितरुपमा प्राप्त हुन नसकेको कारण उक्त बजेटमा संशोधन गरि सामाजिक सुरक्षा भत्ता बाहेक ७६ करोड नौ लाख ७३ हजार रहेको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सोही आर्थिक वर्षमा स्वीकृत भएका ६२ वटा नगरस्तरिय योजनामध्ये ११ वटा र तीन सय ४१ वटा वडास्तरिय योजनामध्ये २३० वटा सम्पन्न भएको नगर तथा वडास्तरिय योजनाहरुको भौतिक प्रगति ७०.९६ प्रतिशत रहेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here