अक्सिनको अभाव कोभिड–१९ विरुद्धको अभियानका लागि ठूलो चुनौतीः डब्लुएचओ

0
451

एजेन्सी ।

कोरोना भाइरसको संक्रमणबाट गम्भीर बिरामी भएकाहरुको जीवन रक्षाका लागि मेडिकल अक्सिन महत्वपूर्ण रहेको तर अक्सिनको अभाव हुन सक्ने देखिएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चिन्ता व्यक्त गरेको छ ।

धेरै देशमा अहिले मेडिकल अक्सिन पाउन मुश्किल हुन थालेको र यसले गर्दा कोरोना भाइरसविरुद्ध अभियान कमजोर बनाउने डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले बताएका छन् ।

उनले जेनेभामा भएको पत्रकार सम्मेलनमा भने, ‘विश्वका धेरै देशमा अहिले अक्सिजन कन्सनट्रेटरको भाव भएको छ । सो मेसिनको माग आपूर्ति भन्दा धेरै भएको छ ।’ पछिल्लो समय हरेक हप्ता १० लाखका दरले संक्रमित थपिएको र संक्रमितको संख्या बढ्दा अक्सिजन कन्सनट्रेटर अभाव भएको उनले बताए ।

डब्लुएचओले अहिलेसम्म १४ हजार अक्सिजन कन्सनट्रेटर किनेको र अब १२० देशमा पठाउने उनले बताएका छन् । डब्लुएचओका आपतकालीन टिमका प्रमुख डा. माइक रायनले अहिले दक्षिण अमेरिकी देशमा महामारी उच्च तहमा रहेको र सो क्षेत्रमा ज्यान गुमाउनेको संख्या एक लाख भन्दा बढी भएको बताए।

अबको हप्ता विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड पुग्ने डब्लुएचओले बताएको छ । अहिलेसम्म विश्वमा ९१ लाख भन्दा बढी मानिसमा संक्रमित भएका छन् । यस्तै चार लाख ७० हजार भन्दा बढीको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here