१२ थान लिखत पारित

0
556

रसुवा, 

रसुवा जिल्ला मालपोत कार्यालयबाट प्रवाह हुने सेवाअन्तर्गत बन्दाबन्दी अवधिमा बाह्र थान रजिष्टे«शन पारित भएको छ ।

पारित भएका लिखतमध्ये १० थान बैँकवित्तीय संस्थाको धितो बन्धक र दुई व्यक्तिव्यक्तिबीच जमीनको भूस्वामित्व फेरबदल रहेको मालपोत कार्यालयका प्रमुख गणेश श्रेष्ठले जानकारी दिनुभयो ।

सेवा लिन आउने सेवाग्राहीलाई सामाजिक दूरी राखेर कार्य सम्पन्न गरी पठाउने गरिएको बताइएको छ । यसैगरी यही असार १ गतेदेखि जिल्लाभित्र निर्माणाधीन जलविद्युत् आयोजना, विद्युत् प्रसारण लाइन तथा बेत्रावती, मैलुङ, स्याफ्रुबेँसी र रसुवागढी राजमार्गमा परेका जग्गाको व्यक्तिका नामबाट लगत कटृाका लागि यकिन विवरण तयार पार्ने कार्य भइरहेको नापी अधिकृत ध्रुव पौडेलले बताउनुभयो ।

यस्तै लाङटाङ राष्ट्रिय निकुञ्जमा वन पैदावारसम्बन्धी सेवा लिनका लागि दैनिक एकदुई सेवाग्राही आउने गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here