लोकवन्धुले दिए ५१,१२५ र मोहनको २१, १५०

0
790

तुलसीप्रसाद निरौला / विर्तामोड।

सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा सुरु गरिएको ‘एकका लागि एक’ अभियानको अगुवाईमा कोरोना भाइरसको संक्रमण परीक्षण गर्न नागरिकस्तरवाट झापामा स्थापना गर्न लागिएको पीसीआर प्रयोगशालाका लागी समाजसेवी तथा पूर्व जनप्रतिनिधी लोकवन्धु कन्दङ्वा र व्यवसायी मोहन अधिकारीले आर्थिक सहयोग गरेका छन् ।

विर्तामोडका – ६ वुट्टावारीका समाजसेवी तथा पूर्व जनप्रतिनिधी कन्दङ्वाले ‘एकका लागि एक’ अभियानको अगुवाईमा कोरोना भाइरसको संक्रमण परीक्षण गर्न नागरिकस्तरवाट झापामा स्थापना गर्न लागिएको पीसीआर प्रयोगशालाका लागी ५१ हजार एक सय २५ रुपैयाँ र विर्तामोडका – ४ का व्यवसायी मोहन अधिकारीले २१ हजार एक सय ५० रुपैयाँ प्रदान गरेका छन् ।

‘एकका लागि एक’ अभियानको आयोजनामा विर्तामोड उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा समाजसेवी तथा पूर्व जनप्रतिनिधी कन्दङ्वा र विर्तामोडका व्यवसायी अधिकारीले ‘एकका लागि एक’ अभियानका संयोजक महेन्द्रकुमार गिरी , सह–संयोजक विनोद वस्नेत , ‘एकका लागि एक’ अभियानका सदस्यहरु विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई , निर्माण व्यवसायी केदार गिरीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।

तत्कालिन अनारमनी गाविसका उपाध्यक्ष , महेन्द्र रत्न माविका विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष , हरियाली सामुदायिक वन वुट्टावारीका संस्थापक अध्यक्ष समेत रहेका कन्दङ्वाले ‘एकका लागि एक’ अभियानको अगुवाईमा कोरोना भाइरसको संक्रमण परीक्षण गर्न नागरिकस्तरवाट झापामा पीसीआर प्रयोगशाला स्थापना गर्ने कार्य प्रशंसनीय भएकाले उक्त कार्यमा आफूले सहयोग गरेको वताए ।

उनले सरकारले समेत गर्न नसकेको कार्य ‘एकका लागि एक’ अभियानले गरेको भन्दै झापामा पीसीआर प्रयोगशाला स्थापना गरेर कोरोना भाइरस संक्रमितको पीसीआर परिक्षण गर्ने कार्यमा सफलता मिलोस् भन्ने शुभकामना दिए ।
त्यस्तै पाँचथर – झापा सरोकार समितिका उपाध्यक्ष , अधिकारी वन्धु सेवा समाज झापाका सचिव समेत रहेका व्यवसायी अधिकारीले कोरोना भाइरसको संक्रमित वढीरहेको समयमा मुलुकमै पहिलो पटक कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा उपचारका लागि एकका लागि एक अभियानको अगुवाईमा झापामा नागरिकस्तरवाट पीसीआर प्रयोगशाला स्थापना गर्नु झापावासीको गौरव भएकाले सामाजिक उत्तरदायित्व वहन गर्दै उक्त कार्यमा आफूले सहयोग गरेको वताए ।

‘एकका लागि एक’ अभियानका संयोजक महेन्द्रकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा‘एकका लागि एक’ अभियानका सदस्य , निर्माण व्यवसायी केदार गिरीले स्वागत गरेका थिए ।

संवाद समूहको संयोजन र सहजीकरणमा भइरहेको ‘एकका लागि एक’ अभियानको अगुवाईमा कोरोना भाइरसको संक्रमण परीक्षण गर्न नागरिकस्तरवाट झापामा स्थापना गर्न लागिएको पीसीआर प्रयोगशालाका लागी सहयोग जट्ने क्रम जारी रहेको ‘एकका लागि एक’ अभियानका संयोजक महेन्द्रकुमार गिरीले बताए ।

उनले ‘एकका लागि एक’ अभियानको अगुवाईमा झापामा स्थापना गर्ने भनिएको पीसीआर प्रयोगशाला कनकाई नगरपालिकाको कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको कर्मयोग भवनमा राखिने र प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उक्त कर्मयोग भवनको अवलोकन गर्दै पीसीआर प्रयोगशाला राख्ने अनुमति दिएको बताए ।
त्यस्तै ‘एकका लागि एक’ अभियानका सह –संयोजक विनोद वस्नेतले एकका लागि एक अभियानको अगुवाईमा हालसम्म एक करोड २५ लाख रुपैयाँ संकलन भएको र पीसीआर प्रयोगशालाका लागि विभिन्न सामाजिक संस्था , सहकारी अभियान लगायतको सहयोगमा ८५ लाख रुपैयाँ जुटिसकेको बताए ।

त्यस्तै ‘एकका लागि एक’ अभियानका सदस्यहरु विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि झापामा पीसीआर प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याउन सबैलाई सहयोगका लागि अपिल गरेका छन् ।

कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ झापाका सह –सचिव केशव भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here