‘माओवादी चुनावमा आए मिति तलमाथि हुन्छ’

0
655

इलाम,भदौं ३ । एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य पोष्टबहादुर बोगटीले नेकपा–माओवादी चुनावमा आए चुनावको मिति केही तलमाथि पार्न सकिने बताउनु भएको छ  ।
क्रान्तिकारी पत्रकार संघ इलामले आज इलाममा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै उहाँले माओवादीले राखेका खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिनु  र चुनावको मिति सार्नु भन्ने कुरा दुवै असम्भव रहेको बताउनु भयो । असहमतिका बीच सहमति गरेर सरकार गठन गरिएको हो भन्दै नेता वोगटीले सरकारको मुख्य लक्ष्य संविधानसभाको निर्वाचन सम्पन्न गर्ने हा भन्नु भयो ।  नेकपा–माओवादी चुनावका लागि तयार नहुँदा उनीहरुकै पार्टीलाई हानी गर्ने बताउँदै बोगटीले मंसीर ४ गते निर्वाचन गर्न सकिएन भने देशले हार्ने बताउनुभयो । अबको निर्वाचनमा एजेण्डा मिल्ने र परिवर्तनशील शक्तिहरु एकजुट हुन पनि उहाँले आग्रह गर्नुभयो । बारम्बार भइरहेका आन्दोलनलाई संस्थागत गरेर अघि बढ्न समेत निर्वाचन अपरिहार्य रहेको उहाँको भनाइ थियो ।