२४ घण्टामा ३१२ ले जिते कोरोना

0
323

काठमाडौं,

पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट ३१२ जना कोरोना संक्रमितका बिरामी निको भएर डिस्चार्ज भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २९३ जना पुरुष र १९ जना महिला निको भएका हुन्।

यससँगै नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या २ हजार ६५० पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here