थापाले भोकलाई,प्रसाईले रोगलाई हटाएपछि…

0
1460

बिर्तामोड।

स्थानीय तहले महामारीको यो समयमा विपन्न नागरिरकका लागि करोडौं रुपैयाँ बरावरको राहत सामग्री बितरण गरे । स्थानीय संघ संस्था र व्यक्तिको सहयोग पनि यो बेला उत्तिकै रह्यो । तर, वास्तविक विपन्नले राहत नपाएको झापा धुलावारीका किरण अधिकारीको भनाईबाट पुष्टि हुन्छ । उनलाई मेची नगरपालिकाले राहतका नाममा १० केजी मात्रै चामल दियो । त्यही चामलले उनले केही दिन प्राण धाने भने एक सातासम्म एक÷ एक प्याकेट विस्कुट खाएर अधिकारी दम्पत्तिले दिन कटाए ।

धुलावारीमा चिया पसल सञ्चालन गर्दै गुजारा चलाउँदै आएका अधिकारी दम्पत्तिको लकडाउनसंगै कमाइको वाटो बन्दा भयो । केही दिन जोहो गरेको अन्नले धान्यो । नगरपालिकाले दिएको राहतले एक सात टर्यो त्यसपछि एक प्याकेट विस्कुटले भोक टार्नु पर्ने बाध्यता आइलाग्यो अधिकारी दम्पत्तिलाई । लामो समयसम्म भएको लकडाउनको पीडा अधिकारी परिवारलाई थियो नै । त्यो भन्दा ठूलो पीडा किरण आफैं विरामी परेपछि अधिकारी परिवारमा बज्र परेझैं भयो । उपचारका लागि न एक रुपैयाँ थियो न त खाने अन्न नै ।

पायल्स बिग्रिएर दिशावाट रगतसरीको पीप बग्दा समेत छटपटाउनु शिवाय अर्काे उपाय नभएपछि कमिला मार्ने विषादि मालथिन घोलेर खाने कठोर निर्णयमा पुगे किरण । भोकै छटपटाएर मर्नु भन्दा मालथिन खाएर मर्ने कठोर निर्णयमा पुगेका किरणले अन्नत श्रीमतीसंग मुख फोरेका कारण आज नयाँ जीवन पाउन सफल भएका छन् ।

केही समय अघि पाँचसय रुपैयाँ बोकेर भारतको पानीट्याङ्की पायल्सको उपचारका लागि गएका थिए किरण । उपचारका क्रममा पायल्स बिग्रिएपछि उनी थलिएका थिए । लकडाउन अघिसम्म जसोतसो गुजारा चलाउँदै आएका किरण लकडाउन शुरु भएसंगै समस्यामा परे । उपचार नपाएर जीवन मरोणको दोसाझमा परेका किरणका लागि रोग र भोक विरुद्धका भगवानै बने व्यवसायी शेरवहादुर थापा र वीएण्डसी अस्पतालका प्रवन्ध निर्देशक दुर्गा प्रसाई ।

व्यवसायी थापाले अधिकारी परिवारका लागि खाने अन्नको जोहो गरिदिए भने प्रसाईले निःशुल्क उपचार । आफ्नो स्थायी ठेगाना समेत नभएका किरण भाडामा बस्तै आएका छन् । दमकमा लामो समयसम्म चिया पसल सञ्चालन गरेर बसेका उनी भाग्य खोज्दै धुलावारी आएका थिए । जग्गा किन्ने, घर बनाउने सपना बोकेका किरण भारतको सिलिगुडीमा दुर्घटनामा परेसंगै उनका सपना सपनामै सिमित भए । सवारीको ठक्करबाट गम्भीर घाइते भएका उनले उपचारमा सबै रकम सकिएपछि आफू झनै समस्यामा परेको बताए । पेट र खुट्टामा लागेको चोट देखाउँदै उनले भने – भाग्यले नै ठगेपछि केही लाग्दो रहेन छ ।

शरीरमा चोट बोकेर पनि परिवारको पालन पोषमा लागिरहेका किरणलाई कोरोना भाइरसले सृजित संकटले झनै समस्यामा पार्यो । जसोतसो चलेको जीन्दगी लकडाउनका कारण मर्नेसम्मको कठिन परिस्थितिमा पुग्नु परेको भन्दै गहभरि आशु पारे । विहीवार बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार गराएर घर फर्कनै लाग्दा भेटिएका उनले भने – समाजमा यस्ता मानिस पनि बस्ता रहेछन् जसले मलाई मर्नबाट बचाए ।

गर्जाे टर्ने अन्न र औषधि उपचार गर्ने अस्पताल तथा थापा र प्रसाईलाई भगवान सम्झने किरणले भने – जीवनमा दुःख पाउनु छ भने उपचारका लागि भारत जानु पर्ने रहेछ । सेवाका नाममा लुट्न बसेकाले मलाई त लुटे नै अरु नलुटिउन ।

अहिले पनि पायल्सको उपचार गर्न पानी ट्याङ्की जानेको जमात ठूलो छ । धेरैले पानीट्याङ्मा गएर आयुर्वेदका नाममा रोग निकोपार्ने होइन थप्ने मात्रै काम गरिरहेका छन् उनले भने – घरकै खाऔं सकी नसकी यही उपचार गराऔं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here