दुई लाख भारतिय रुपैयाँ सहित एक महिला पक्राउ

१२ असार २०७७, शुक्रबार मा प्रकाशित

मोरङ ।

मोरङको बिराटनगर महानगरपालिका–१५ रानीबाट दुई लाख भारतिय रुपैयाँ सहित एक महिला पक्राउ परेकी छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका–१७ बस्ने २५ बर्षीया कोरेसा खातुनलाई ५०० दरका भारतिय नोट ४०० थान गरी, जम्मा दुई लाख रुपैयाँ सहित पक्राउ गरेको हो ।

भारतिय रुपैयाँ सहित पक्राउ परेकी खातुनलाई आवश्यक कारवाहीको लागि पूर्वक्षेत्रीय राष्ट्रिय अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here