Sangita Gautam

संगीता गौतम

यो असफल जिन्दगीमा जीत बनेर आउ तिमी
संङ्गीतको सुर सजाउन गीत बनेर आउ तिमी ।

हरेक पल सुखदुस्खमा मेरै साथमा रम्ने गरी
मनको मजेरीमा डुल्दै मीत बनेर आउ तिमी ।

तिर्सना छन् कुण्ठित अनि दमिद बन्दै बस्ने
सबै मेटाउनका लागि धीत बनेर आउ तिमी ।

सहुँला घामपानी आँधी जे जे आए पनि
मेरो सँसारको नौलो प्रीत बनेर आउ तिमी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here