गजल

0
1137

सुधा साहा

कसैले सोधेँ गीत गजलमा , भुल्दै छे रे भनिदिनु
साहित्य क्षेत्रको बगैंचामा , फुल्दै छे रे भनिदिनु ।

शब्दशब्दमा सजायर, जीवनका उतारचढावहरु
सिर्जनाको वियोगान्त पानामा, हुल्दै छे रे भनिदिनु ।

पानी बिनाको माछा जस्तै, छटपटाउँदै विचरी उ
खुलामन्चको त्यो प्राङ्गणमा , डुल्दै छे रे भनिदिनु ।

दृढ़ अठोट बोकेर अब, मनभित्रका पिडा लुकाई
साहित्यको संघर्ष मैदानमा ,खुल्दै छे रे भनिदिनु ।

बुझ्न जरुर ठान्छे ुसुधाु ले साहित्यको परिभाषा
त्यसैले त भर्खर गजल बिधामा , झुल्दै छे रे भनिदिनु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here