इलाममा हातले बम खेलाउदा एक ब्यक्ति घाइते

0
868

इलाम ।

इलामको देउमाई नगरपालिकामा घरमा लुकाइ राखिएको बम विष्फोट हुँदा एकजना घाइते भएका छन् ।

घाइते हुनेमा देउमाई नगरपालिका–४, डाँडागाउँका २५ वर्षीय मौसम श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । आफ्नै घरमा राखिएको बम अनौठो मान्दै हातले समात्दा उनी घाइते भएका हुन् ।

बमले श्रेष्ठका दुवै हातका सबै औंलामा चोट पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेलाई उपचारका लागि झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पताल ल्याइएको इलाम प्रहरीले जनाएको छ ।

चिकित्सकले घाइतेको दाहिने हात नै काटेर फाल्नुपर्ने र देब्रे हातका पनि कुनै औंला काम नलाग्ने अवस्थामा रहेको जनाएको डिएसपी लालध्वज सुवेदीले बताए । घटनास्थलमा फलाम र कालो रबरका टुक्रा यत्रतत्र भेटिएका छन् ।

सशस्त्र द्वन्द्वका समयमा घरनजिकै विद्रोही–सुरक्षाकर्मी भिडन्त हुँदा बम भेटेर घरमा ल्याएर राखेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको इलाम प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here