‘कोरोनाको दोश्रो चरण खतरनाक, लाखौंको ज्यान जान सक्छ’ : डब्लुएचओ

0
3282

काठमाडौं ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको दोस्रो चरण खतरनाक हुने भन्दै सतर्क गराएको छ । दोस्रो चरणमा लाखौंको ज्यान जानसक्ने डब्लुएचओले औंल्याएको हो ।

डब्लुएचओका सहायक महानिर्देशक डा. रानिरी गुयराले कोभिड–१९ ले स्पेनिस फ्लूले जस्तै ज्यान लिन सक्ने बताएका छन् । उनले स्पेनिस फ्लूको दोस्रो लहरले संसारमा ५ करोड मानिसको ज्यान गएको समेत स्मरण गराएका छन् ।

सन् १९१८ को स्पेनिस फ्लु गर्मी मौसममा मथ्थर जस्तै भएपनि सेप्टेम्बर र अक्टोबरमा डरलाग्दो तरिकाले फैलिएको थियो । युरोपका देशहरुले लकडाउन खुकुलो गर्दै यात्रा अनुमति समेत दिएपछि गुयराले यस्तो भनाइ व्यक्त गरेका हुन् ।

अमेरिकामा सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका छन् । विश्वभर कोरोना संक्रमित झण्डै १ करोड नजिक पुगेका छन् । सन् १९१८ देखि १९२० सम्म फैलिएको स्पेनिस फ्लुबाट ५ करोडभन्दा बढी मानिसले ज्यान गुमाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here