अर्जुनधारामा नसर्ने रोग सम्बन्धी सचेतना कार्यक्रम

0
842

अर्जुनधारा।

नसर्ने रोग सम्बन्धी जानकारी दिने उद्धेश्यले शनिबार झापाको अर्जुनधारामा एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

नगर स्वास्थ्य शाखाको आयोजनामा आयोजित उक्त कार्यक्रममा नगरका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, दिर्घ रोगी र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा आयोजित कार्यक्रममा सहजकर्ताद्धय जिल्ला स्वास्थ्य कार्यालय झापाका भेक्टर कन्ट्रोल अधिकृत जीवन चौलागाईं र सीनीयर अहेव दीपक सापकोटाले सहजिकरण गरेका थिए ।

कार्यक्रममा नसर्ने रोगहरु जस्तै क्यानसर, मुटु रोग, मृगौला सम्बन्धी रोग, दम, मधुमेह, रक्तचाप, नसर्ने रोगहरु रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले गरेको प्रयास, नसर्ने रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी बहुक्षेत्रीय कार्ययोजना, नसर्ने रोगको क्षेत्रीय तथा राष्ट्रिय लक्ष्यहरुलगायतका विषयमा सहभागीहरुलाई जानकारी गराएका थिए ।

सोही कार्यक्रममा सहभागीहरुमध्ये ४६ जनाको मोटोपन, रक्तचाप र मधुमेहको परीक्षण गरिएको शाखाका संयोजक मुकुन्द बस्नेतले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here