मेचीनगर प्रेस क्लबमा मुक्ति पौडेल

0
425

बिर्तामोड।

मेचीनगरमा क्रियाशील पत्रकारहरुका दुईवटा संस्थाहरुवीच एकीकरण भएको छ । मेची बोर्डर जर्नालिस्ट एसोसिएसन नेपाल र प्रेस क्लब मेचीनगरवीच एकीकरण भएको हो ।

काँकरभिट्टा खानेपानी संस्थाको कार्यालयमा एकीकरण सभा गरी दुईवटा संस्थाहरुवीच एकीकरण भएको घोषणा गरिएको थियो ।

एकीकरण पछि संस्थाको नाम मेचीनगर प्रेस क्लब राखिएको र मेची बोर्डर जर्नालिस्ट एसोसिएसनका तत्कालीन अध्यक्ष मुक्ति पौडेलको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ ।

कार्यसमितिको सहसंयोजकमा प्रेस क्लब मेचीनगरका तत्कालीन अध्यक्ष ज्ञानेन्द्र निरौला र सचिवमा पत्रकार झुलन रेग्मी रहेका छन् । कार्यसमितिको सदस्यहरुमा मेचीनगरमा क्रियाशील सबै पत्रकारहरु रहेको बताइएको छ ।

संस्था एकीकरणका लागी पत्रकार महासंघ झापाका सचिव सन्तोष आचार्य संयोजक र पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी, मेची बोर्डर जर्नालिस्ट एसोसिएसनका तत्कालीन अध्यक्ष मुक्ति पौडेल , प्रेस क्लब मेचीनगरका तत्कालीन अध्यक्ष ज्ञानेन्द्र निरौला र प्रकाश पौडेल सदस्य रहेको कार्यदल गठन गरिएको थियो ।

क्लवको नवगठित समितिले नयाँ सदस्यता वितरण तथा क्लब गठन प्रक्रियालाई अघि बढाउँदै आगामी असोज १३ गतेभित्र अधिवेशन अधिवेशन गराउनु पर्ने बताइएको छ ।

एकीकरण कार्यदलका संयोजक तथा पत्रकार महासंघ झापा सचिव सन्तोष आचार्यको अध्यक्षता तथा प्रदेश सांसद श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा कार्यदलका सदस्य तथा पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी, पूर्व अध्यक्षहरु मुक्ति पौडेल, ज्ञानेन्द्र निरौलालगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन कार्यदलका सदस्य प्रकाश पौडेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here