कोरोना भाइरसका कारण नेपालमा २८ जनाको मृत्यु

१३ असार २०७७, शनिबार मा प्रकाशित

काठमाडौं ।

नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको हो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षिय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। फोक्सोको क्यान्सरका विरामी उनी भारतमा उपचार गराउँदै आएका थिए। केही समयअघि चितवनको चितवन मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका तीन पुरुषमा असार ११ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो। आइसोलेसनमा उपचारकै क्रममा उनको शनिबार बिहान मृत्यु भएको हो।

नेपाली सेनाको सहयोगमा शव व्यवस्थापन भइरहेको मन्त्रालयले जनाएको छ। कोरोना भाइरसको संक्रमण नेपालका ७७ वटै जिल्लामा फैलिएको छ। शनिबारसम्म आइपुग्दा नेपालका सबै जिल्लामा कोरोनाको संक्रमण देखिएको प्रवक्ता गौतमले बताए। शनिबार १ सय २० महिला र ४ सय ३४ पुरुष गरी ५ सय ५४ जनामा संक्रमण देखिएको छ। यो सँगै नेपालमा संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको प्रवक्ता डा। गौतमले बताए।

जसमा १ हजार ३ सय ६९ महिला र १० हजार ९ सय ४० पुरुष रहेका छन्। शनिबार पिसिआर विधिबाट ४ हजार ६ सय ६ गरी आजसम्म २ लाख १० हजार ८ सय ७६ जनाको परीक्षण भएको छ। यस्तै आरडिटी विधिबाट ३ हजार ६ सय ८५ गरी आजसम्म २ लाख ९४ हजार ३४ जनाको परीक्षण भएको छ।

अहिले क्वारेन्टिनमा ६५ हजार ७ सय १२ जना रहेका छन्। यस्तै, ९ हजार ४ सय ४७ जना आइसोलेसनमा उपचाररत रहेका छन्। शनिबार १ सय ३६ गरी आजसम्म आजसम्म २ हजार ८ सय ३४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here