धानको उत्पादकत्व बढाउँदै जान आवश्यक छ : मुख्यमन्त्री

१५ असार २०७७, सोमबार १३:३९ मा प्रकाशित
  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

रुपन्देही,

Advertisement

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले धानको व्यावसायीकरणका माध्यमबाट रोजगारीको सिर्जना एवं निर्यात गर्ने रणनीति बनाउँदै प्रदेश सरकार योजनाबद्ध रुपमा अघि बढिरहेको बताउनुभएको छ ।

राष्ट्रिय धान दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले खेतीयोग्य भूभागमा सिंचाइको उपलब्धता बढाउँदै जाने, उन्नत जातका बीउबिजन र मलखाद किसानलाई सहज उपलब्ध गराउने एवम यान्त्रीकीकरणमा जोड दिने नीति प्रदेश सरकारले लिएको बताउनुभयो ।

केही दशकअघि धान निर्यातको इतिहास बोकेको मुलुकले अहिले चामल आपूर्तिका लागि आयात गरिरहेको जनाउँदै उहाँले आयात प्रतिस्थापन गर्न धानको उत्पादकत्व बढाउँदै जान आवश्यक रहेकामा जोड दिनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here