मलमा पनि तस्करकै भर : झापामा युरिया मलको चरम अभाव

0
1055

झापा ।

झापामा धान रोपाइको बेला आवश्यक पर्ने रासायनिक मल युरियाको चरम अभाव भएको छ । मलका लागि प्रत्येक बर्ष सरकारको भर पर्दै आएका कृषक तस्करी गरेर भारतबाट ल्याइएको युरिया मल महगोमा खरिद गर्न बाध्य छन् ।

अन्नका भण्डारका रुपमा चिनीदै आएको झापाका कृषक तस्करीको मल तेब्बर मुल्य हालेर खरिद गर्न बाध्य छन् । धान रोप्ने मुख्य सिजनमा समेत सरकारले रासायनिक मल युरिया उपलब्ध नगराएपछी झापाका कृषक तस्करसग मल किन्न बाध्य भएका हुन् । बिशेष गरी झापाका पूर्वी मेचीनगर, बाहुण्डागी, ज्यामिरगडी र दक्षिणी कचनकवल, टागनडुब्बा, गौरिगन्ज लगायतका सिमावर्ती क्षेत्रका कृषक ९ सय रुपँया प्रतिबोरा पर्ने युरिया मल २४ सय रुपँया सम्म मुल्य तिरेर किन्न बाध्य भएको कृषको गुनासो छ ।

परम्परागत मात्रै नभइ कृषिलाई ब्यवसायीक रुपमा अगाडी बढाई आयआर्जन गर्न सकिन्छ भन्ने सोच बोकी अर्काको जमिन लिजमा समेत लिएर धान खेती गर्दै आएका कचनकवलका कृषक चन्द्र खतिवडाले तस्करीको मल किन्नु पर्दा मन पोलेको बताए । उनले सरकारले कृषिलाई ब्यवसायीकीकरण गर्ने भनेपनि कृषकका समस्या समाधान गर्न अघि नसरेको बताए । भारतीय तस्करीको युरिया मलको बोरा देखाउदै खतिवडाले भने –“हामी ब्यवसायिक कृषकको त यस्तो हाल छ अरुको के कुरा गर्नु ,” उनि भन्छन् लकडाउनमा पनि तस्करिकै मल किन्नुपर्छ, , त्यसमा पनि २४ सय रुपया हालेर यसरी कतिन्जेल धान्न सकिएला र ?

त्यस्तै मल आपूर्तीमा हरेक वर्ष सरकारको यस्तै उदासिनता र तस्करीको मलका भरमा धान रोपेर जिवीकोपार्जन समेत गर्न नसकिने कृषक निल कुमार अधिकारीको भनाइ छ । उनले लकडाउनका बेला भारतीय मलको महगो मुल्य तिर्नुपर्ने र मलमै कोरोना पनी आउने हो की भन्ने त्रास समेत रहेको बताए ।

अर्का कृषक तथा जुनतारा कृषि सहकारी संस्था कचनकवलका सचिव तुलाराम अधिकारीले डिएपि र पोटास सरकारले केही मात्रामा उपलब्ध गराएको भएपनि युरिया मल नदिएको बताउछन् । सरकारी मल नपाएपछी प्रतिकेजी ६० देखी ७० रुपँया सम्म तिरेर तस्करीको भारतीय युरिया खरिद गरेको उनको भनाइ छ ।

यता मल आपूर्तिको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेनिङमा अहिले एक बोरा युरिया मल समेत मौज्दात छैन । लकडाउनका कारण कलकत्ता बन्दर्गाहामै अडकिएकाले युरिया मल कृषकलाई बितरण गर्न नसकिएको कृषि सामाग्री कम्पनि लिमिटेड बिर्तामोडका प्रमुख चन्द्र प्रसाद चम्लागाँइको भनाइ छ । डिएपी र पोटास मल केही मात्रामा झापाका कृषकलाई बितरण गरिएको र बाकी यो हप्तासम्ममा बितरण गरिने बताए । तर युरिया मल नेपाल आइपुग्न समय लाग्ने भएकाले अहिले केही भन्न नसकिने अवस्था रहेको उनको भनाइ छ ।

कृषि सामग्री केन्द्रले ७० प्रतिशत र टे«डिङले ३० प्रतिशत मल आपूर्ति गर्दै आएका छन् । केन्द्रले मात्र जिल्लाका बिभिन्न सहकारी संस्थामार्फत किसानसम्म रासायनिक मल पठाउँदै आएको छ । स्थानीय निकायले अनुगमन नगर्दा रासायनिक मल बेच्ने सहकारी संस्थाले आफूखुशी मल बाँढ्ने गरेकाले लक्षित किसानसम्म मल पुग्न नसकेको किसानकै गुनासो छ । झापामा ९० हजार हेक्टर क्षेत्रफल जमिनमा धानखेती हुने गरेको छ ।

विगत वर्षभन्दा यसवर्ष रासायनिक मलको माग बढी भएपनि उपलब्ध गराउन नसकिएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । तर, कोरोना संक्रमण रोकथामका लागि गरिएको लकडाउनका समयमा समेत प्रहरीसँगको मिलेमतोमा तस्करी गरिएको भारतीय मल भने झापाका बजारमा निर्वाध बिक्रि हुदै आएको छ । सरकारले आवश्यक मल आपूर्ती गर्न नसक्दा तस्करकै भरमा झापाको धानखेती धान्नुपर्ने अवस्था रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here