२०७७ असार १६ गते मंगलबारको राशिफल

१५ असार २०७७, सोमबार मा प्रकाशित

मेष– प्राप्त गरेको ज्ञान अरुलाई बाँड्ने बेला पनि हो । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष हुनेछ ।

वृष– अध्ययन, अध्यापन र लेखनको कार्यमा खासै तत्परता देखिँदैन । आफन्तले समेत कुरा सुन्न र समय दिन सक्दैनन् ।

मिथुन– मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने सम्भावना छ ।

कर्कट– विद्वान् र प्राज्ञिक व्यक्तिहरूबाट सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । विदेश वा दूरदराजमा बसेका व्यक्तिहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ ।

सिंह– धार्मिक, सामाजिक र सांस्कृतिक क्रियाकलापमा संलग्न हुन मन लाग्नेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ ।

कन्या– छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ ।

तुला– साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । तर सोमवारदेखि बुधवारसम्म घरायसी वातावरणमा केही धमिलोपन आउने छ ।

वृश्चिक– सामान्य कुराले पनि मन पिरोल्नेछ । मानसिक अशान्ति र बेचैनी हुने योग छ । पढाइलेखाइमा जाँगर चल्दैन ।

धनु– विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । त्यस्तै आजको दिनमा प्रतिद्वन्द्वीहरूसित सतर्क रहने समय हो ।

मकर–परिवारमा पनि वैचारिक मतभेद देखापर्ने सम्भावना छ । जीवनसँगीसित ठाकठुक पर्न सक्छ । मानसिक तनावको सिर्जना हुनेछ ।

कुम्भ– धनधान्य बृद्धि हुने साता छ, सुरुमा सामाजिक र व्यक्तिगत प्रतिष्ठा स्थापना गर्ने मौका छ । पढाइलेखाइको क्षेत्रमा प्रगति हुनेछ ।

मीन– विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here