गरिबी निवारणका लागि लघुउद्यम गर्न बिर्तामोडका १९ महिलालाई प्रविधि हस्तान्तरण

१६ असार २०७७, मंगलवार मा प्रकाशित

बिर्तामोड।

‘गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम’ अन्तरगत स्तरोन्नतिका लागि प्रविधि हस्तान्तरण कार्यक्रम बिर्तामोड–२ लालमाटीमा सम्पन्न भएको छ ।

त्यहाँस्थित दुईवटा समूहमा आबद्ध महिलालाई १६ थान सिलाइ मेसिन र तीन वटा ¥याक प्रदान गरिएको छ । बिर्तामोड–१ स्थित झापा प्राविधिक शिक्षालयको आयोजना एवम उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तरगत घरेलु तथा साना उद्योग कार्यालय झापाको आर्थिक सहयोगमा सोमबार त्यहाँका महिलालाई प्रविधि हस्तान्तरण गरिएको करुणा लघुउद्यमी महिला समूहकी अध्यक्ष सर्मिला राजवंशीले जानकारी दिइन् ।

झापा प्राविधिक शिक्षालयका कार्यक्रम प्रबन्धक देवराज बरालको अध्यक्षता र घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत छविलाल खतिवडाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा सहभागीका तर्फबाट गीता केसीले स्वागत गरेकी थिइन् ।

लालमाटी लघुउद्यमी महिला समूह र करुणा लघुउद्यमी महिला समूहमा आबद्ध महिलाले ४५ दिने प्राविधिक तालिम लिएर सिपलाई आयआर्जनको माध्यम बनाउन थालेपछि उक्त कार्यलाई लघु उद्यमका रुपमा स्तरोन्नतिका लागि सामग्री प्राप्त गरेका हुन् । गत वर्ष भएको तालिममा १९ जना सहभागी थिए ।

कार्यक्रममा बिर्तामोड–२ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौला, डिमेगा अध्यक्ष निर्मला भण्डारी, घरेलु तथा साना उद्योग कार्यालयकी चनीमाया तामाङ, झापा प्राविधिक शिक्षालयकी कार्यक्रम संयोजक देउकला राई, अनुगमन अधिकृत विनोद आचार्य, गंगा सोरेन लगायतले महिलाले उक्त कार्यक्रम अन्तरगत सिकेको सिपलाई आत्मनिर्भरताका लागि आयआर्जनको माध्यम बनाउनुपर्नेमा जोड दिएका थिए ।

यसैबीच केही समयअघि शर्मिला राजवंशीको अध्यक्षतामा ११ सदस्यीय करुणा लघुउद्यमी महिला समूह गठन भएको छ । महिलालाई सिप प्रदान गरी आत्मनिर्भर बनाउनका लागि गठित समूहको उपाध्यक्षमा प्रेरणा किस्कु, सचिव हिमा यादव, कोषाध्यक्ष रामवती राजवंशी, सहसचिव सविता राजवंशी रहेका छन् । सदस्यहरुमा रिनाकुमारी राजवंशी, सविना खातुन, कमला किस्कु, राजकुमारी राजवंशी, पूर्णिमा राजवंशी रहेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here