राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

१६ असार २०७७, मंगलवार मा प्रकाशित

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीवीच भेटवार्ता भएको छ । मंगलबार विहान साढे १० बजे प्रधानमन्त्री ओली राष्टपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुग्नुभएको थियो ।

सरकारका कामकारवाही, ओलीको अभिब्यक्ति र पार्टीभित्रको अन्तरद्वन्द्व उत्कर्षमा पुगेका बेला राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटलाई अर्थपूर्ण रुपले हेरिएको छ । ओलीले १० बजेदेखि आधा घन्टा राष्ट्रपतिसँग छलफल गर्नुभएको थियो । भेटमा के कुराकानी भयो भन्ने बाहिर आएको छैन ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित नेकपा स्थायी कमिटीको बैठकमा सहभागी बन्नुपूर्व प्रधानमन्त्री ओली शीतलनिवास पुग्नुभएको हो । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीवीच वर्तमान राजनीतिक परिस्थिति र नेकपाभित्रको शक्ति सन्तुलनबारे कुराकानी भएको बुझिएको छ ।

ओलीको अभिब्यक्तिलाई लिएर भारतको नयाँ दिल्लीले पनि विशेष चासो ब्यक्त गरेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here