पीसीआर परीक्षण प्रयोगशालाका लागी भगवति माविका शिक्षक तथा कर्मचारीले दिए एक दिनको तलव

0
1378

विर्तामोड , ‘एकका लागि एक’ अभियानको अगुवाईमा झापामा स्थापना हुन लागेको पीसीआर परीक्षण प्रयोगशालाका लागी भगवति माध्यमिक विद्यालय शिवसताक्षीका शिक्षक तथा कर्मचारीले एक दिनको तलव प्रदान गर्ने भएका छन् ।

 

सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा सुरु गरिएको ‘एकका लागि एक’ अभियानको अगुवाईमा कोरोना संक्रमण परिक्षण गर्न नागरिकस्तरवाट झापामा स्थापना हुन लागेको पीसीआर परीक्षण प्रयोगशालाका लागी शिवसताक्षी –७ को भगवति माध्यमिक विद्यालयका शिक्षक तथा कर्मचारीले एक दिनको तलव वापत २० हजार चार सय ५३ रुपैयाँ प्रदान गर्ने भगवति माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेशकुमार दाहालले जानकारी दिए ।

‘एकका लागि एक’ अभियानको अगुवाईमा कोरोना संक्रमण परिक्षण गर्न नागरिकस्तरवाट झापामा स्थापना हुन लागेको पीसीआर परीक्षण प्रयोगशालाका लागी भगवति माध्यमिक विद्यालयका शिक्षक तथा कर्मचारीले एक दिनको तलव दिने घोषणा प्रशंसनिय भएको रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानका सचिव यज्ञराज (गोपाल)ओलीले बताए ।

उनले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा उपचारका लागि झापामा नागरिकस्तरवाट ‘एकका लागि एक’ अभियानको अगुवाईमा पीसीआर परीक्षण प्रयोगशाला स्थापना हुनु झापावासीका लागी गौरवको विषय भएकाले यस्तो पुण्य कार्यमा सवैलाई सहयोग गर्न आग्रह समेत गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here