रोटरी क्लव अफ बिर्तामोड मिड टाउनको अध्यक्षमा प्रशान्त भण्डारी

0
564

बिर्तामोड ।

रोटरी क्लव अफ बिर्तामोड मिड टाउनको प्रेसिडेन्टमा भेषराज भण्डारी (प्रशान्त) चयन भएका छन् । वीरता जेसीजका पूर्व अध्यक्ष, नेपाल जेसीजका पूर्व उपाध्यक्ष, कराते खेलका अन्तर्राष्टिय खेलाडी रेफ्री, वर्तमानमा बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव समेत रहेका भण्डारी क्लवको सन् २०२०/०२१ का लागि पे्रसिडेन्टमा चयन भएका हुन् ।

मंगलबार क्लवका बर्ष २०१९/०२० का अध्यक्ष शिवकुमार अग्रवालको अध्यक्षता र एजी कुमार गिरीको प्रमुख आतिथ्यतामा भएको अनलाइन साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरिएको होे ।

क्लवको पाष्टप्रेसिडेन्ट शिवकुमार अग्रवाल ,प्रेसिडेन्ट इलेक्टमा दिपेन्द्र पोखरेल ,प्रेसिडेन्ट नोमिनीमा दिपेश पोखरेल, भाइस प्रेसिडेन्टमा शान्ताकुमार शर्मा कट्टेल, सेक्रटरी सिद्धार्थ नविन उप्रेती र ट्रेजररमा लक्ष्मण अग्रवाल चयन भएका छन् ।

क्लवको डाइरेक्टर एड्मिनिष्ट्रेसनमा छवी पौडेल, डाइरेक्टर मेम्बरसिपमा सिजर राजभण्डारी, डाइरेक्टर सर्भिस प्रोजेक्टमा नरेन्द्र बराल, डाइरेक्टर रोटरी फाउण्डेशनमा जगत शर्मा चयन भएका छन् । त्यसैगरी क्लवको विभिन्न पदमा दुईदर्जन भन्दा धेरै व्यक्तीलाई क्लवले पदियजिम्मेवारी सुम्पेको छ ।

क्लवले सामाजिक क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको छ । आगामी साउन महिना भित्रमा बिर्तामोड स्थित मनमोहन सामुदायिक अस्पतलामा ७ वटा डाईलासिस मेशिन संचालनमा ल्याउने तयरी गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here