व्यवसायीको पीडा कसले बुझ्ने ?

१७ असार २०७७, बुधबार मा प्रकाशित

दिपेन राउत,

दाजु लकडाउनले गर्दा घरमा नै बस्ने बानी भएछ । पसल त आउनै मन लागेन शुरु–शुरुमा । पसलको सम्झना नै रहेन दिमाखमा । लकडाउनको ४०÷५० दिनसम्म त दिमाख यति खाली भयो कि न कुनै साथीसँग गफ भयो ! न व्यापारको सम्झना रह्यो ! न आफन्तको नै हेक्का रह्यो ! जीवन परिवारबीचमा मात्र रहेको थियो । न साहुको तागेता न बैंकको कुनै फोन न घरभाडाको चिन्ता दिन सहजरुपमा बितिरहेको थियो । तर, जब बैंकहरु खुल्न थाले । अनि पो जीवनमा तनाव हुन थाल्यो । साहुको तागेता । बैंकको तागेता । सहयोग माग्नेको तागेता । छोराछोरीलाई अनलाईन शिक्षा लगायतले झनै तनाव बनायो । दाजु तर जे–जसो भए पनि लकडाउन केही खुकुलो भएको कारणले पसल आज ७० दिन पछि खोले दाजु र दाजुसँगको भेटले मलाई थप हौसला मिल्यो भनेर एक व्यवसायी भाइ र मेरो गफ चलेको थियो ।

अनि कस्तो छ त भाइ व्यापार–व्यवसाय भनेर हामी गफिइरह्यौं । दाजु इण्डिया सिल भएर राम्रो भएको छ जस्तो लाग्छ । किनकि हरेक क्षेत्रको व्यापार राम्रो भएको छ जस्तो लाग्छ । मानिस धेरै इण्डिया गएर सामान किन्ने बानी परेका थिए । तर, यो कोरोनाले गर्दा बोर्डर सिलको कारणले नेपालमा नै सामान खरिद गर्नुपर्ने बाध्यता परेको छ । जसले गर्दा हामी जस्तो व्यवसायीलाई राम्रो भएको छ । किराना, कस्मेटिक, कपडा, हार्डवेयर, मोबाइल लगायतका धेरैजसो व्यापारीको पीडा कोरोनाले समाधान ग¥यो । किराना लगायतका व्यापार त नसोचेकै भएको छ ।

जीवनमा यति धेरै व्यापार अहिलेसम्म गरेको थिएन भन्ने व्यवसायी पनि भेटे भने यतिबेला अन्य व्यवसाय पनि सोचेभन्दा राम्रो भएको छ । अनि दाजु अर्को खुशीको कुरा यो लकडाउन पछि व्यापारको ट्रेन अलि फरक भएको छ हिजो उधारो मा बेच्नुपर्ने सामान आज नगद भएको छ । खातामा हिसाव राख्ने हात खाली रहने जमाना थियो । तर, आज परिवर्तन भएको छ । जे–जति व्यवसाय भए पनि नगद कारोवार भएको छ । कारोबार नगद गर्न यो लकडाउनले सिकाएको छ । कोरोनाको भयले सिकाएको छ । जीवनमा पैसा नै हो भन्ने मान्यतामा मानिस बढिरहेको अवस्थामा कोरोनाले पैसाले पनि केही गर्न सकिँदैन भनेर प्रमाणित गरिदिएको छ । यो असार महिना त्यसै पनि व्यवसाय कम हुने महिना हो तथापि व्यवसायमा चित्त बुझाउने ठाउँ छ भने दिन प्रतिदिन कोरोनाको संक्रमण बढिरहँदा डराउनुपर्ने अवस्था रहेको छ । यतिका दिन भइ सक्यो आखिर हाम्रो नेपालमै रहेछ त खाद्यान्न लगायतका सामानहरु । अनि स्वदेशी उत्पादन नै खाँदा, लगाउँदा भइ हाल्छ नी होइन र दाइ ? भन्दै मलाई घरी–घरी प्रश्न पनि गरे । भारतबाट सामान नआए पनि हाम्रो देशमा भोकमरी त नलाग्ने रहेछ ।

कुनै सामानको अभाव नहुने रहेछ भन्दै म सँग गफिँदै रहे । स्वदेशी रकम विदेश त गएन ! भन्दै झोकिँदै गफ चलिरहेको थियो । यो लकडाउनले धेरै व्यवसायीहरुलाई राम्रो ग¥यो । चोरीपैठारी गर्ने मानिसको आज १२ बजेको छ । विचौलियाहरुको आज १२ बजेको छ । भन्दै गर्दा उनको मुहारमा स्वतःस्फूर्त चमक छाएको थियो । आवेग छाएको थियो । खुशी छाएको थियो । भारत सिल भएर चोरी पैठारीबाट आउने सामान नआउँदा हाम्रो देशकै सेल बढेको छ र सामान बिक्रीले गर्दा राज्यलाई तिनुपर्ने कर पनि बढेको छ । राज्यलाई तिनुपर्ने कर बढेकोमा हामीलाई खुशी लागेको छ । आखिर त्यो रकम विचौलियाले खान्थे आज सरकारले पायो भनेर भन्दै थिए । कोरोनाबाट जोगिनु नै यसको समाधान भएको हँुदा हामी एकअर्काबाट जोगिनुपर्छ । सुरक्षित रहने साधनको प्रयोग गर्दै सरकारले लकडाउन केही खुकुलो ग¥यो जसले हामी जस्तो मध्यम व्यापारीलाई धेरै हदसम्म राहत पुगेको छ ।

व्यापार व्यवसाय शुरु गर्न पाउँदा आर्थिक भारबाट केही हदसम्म भए पनि कम गर्न सफल हुने छौं । असारको मसान्त पनि आउन लागेको छ । बैंकले ऋणको तागेता गरेको गरेकै छ । घरबेटीले केही नबोले पनि पीडा घरबेटीमा पनि रहेको हामीले बुझेका छौं । कोरोनाले विश्व बजार तहस नहस पारेको समाचारहरु पढ्छांै । तर, हामीलाई यो कोरोनाले शिक्षा दिएको छ । व्यापारको मूल मर्म नगद कारोबार हो भनेर सिकाएको छ । महामारी आए पनि व्यवसाय र व्यापारको महत्वलाई बढाएको छ । अनि बैंकले बारम्बार फोन गर्दा बैंकलाई पनि गाह्रो रहेको हामी व्यवसायीले बुझेका छौं । सरकारले असार ७ गतेसम्म कर बुझाउन भने पनि सर्वोच्च अदालतले लकडाउन पछिको एक महिनाभित्रमा कर तिरे हुन्छ भनेता पनि असार १० गतेसम्म कर संकलनको तथ्यांकले सरकारलाई पनि आर्थिक भार केही भए पनि कम भएको हाम्रो बुझाई रहेको छ । सर्वोच्च अदालतले नर्तिनुभन्दा पनि व्यवसायीहरुले स्वतः स्फूर्त कर तिर्नुलाई सरकारले मूल्याङ्कन गर्नैपर्छ ।

दाजु मैले मेरो भएको सबै सम्पत्ति बैंकमा राखेर ऋण लिएर व्यवसाय गरेको छु । यो लकडाउनले अफ्ट्यारो पारेको थियो त मलाई । म त एउटा प्रतिनिधि पात्र मात्र होला म जस्तो धेरै व्यवसायीहरु हुनुहुन्छ । जसको सम्पत्ति आफ्नो होला, तर सबै धितो बैंकको अधिनमा छ । यदि लकडाउन यसरी अलि खुकुलो नबनाएको भए धेरै मानिस सड्कमा आउनुपथ्र्यो । बंैकले हाम्रो धितो लिलाम गर्न बाध्य हुन्थ्यो । छोराछोरीलाई लिएर बेघर बन्नुपथ्र्यो । यो पीडा मनमा यति गढेको थियो कि के भन्नु दाजु ! जे भए पनि लकडाउन खुकुलो भएर व्यवसाय खोल्न पाएर बैंकको ब्याज, घरबेटीको भाडा, साहुको पैसा जोहो गर्न सकिन्छ कि असार मसान्तसम्म भन्ने आश पलाएको छ ।

यो असार महिना एउटा किसानले मानो छरेर मुरी फलाउने महिना । यो एक महिना किसानले काम गरेर वर्षभरी अन्न पुग्ने गरी फलाएर परिवारको गुजारा गर्नुपर्ने बाध्यता हुन्छ । तर, हाम्रो बाध्यता हरेक दिन व्यापार व्यवसाय हुनै प¥यो । गर्ने प¥यो । परिवारको लालनपालनको लागि कमाउनु प¥यो, घरबेटीको लागि कमाउनु प¥यो । बैंकको लागि कमाउनु प¥यो । साहुको लागि कमाउनु प¥यो । कर्मचारीको लागि कमाउनु प¥यो । दुःख विरामीको लागि कमाउनु प¥यो । सामाजिक संघ–संस्थाको लागि कमाउनु प¥यो । सरकारको लागि कमाउनु प¥यो । त्यसमा पनि कति विचौलियाहरुलाई पाल्नुपर्छ । आखिर एउटा व्यवसायीले कति ठाउँको लागि कमाउनु पर्छ । यो लकडाउनले आफ्नो व्यापार–व्यवसाय गर्ने व्यवसायीको कुण्ठा कति रहेछ सहजै अनुमान लगाउन सक्छौं ।

आफ्नो भएको धन–सम्पत्ति सबै दाउमा राखेर व्यवसाय गर्ने सक्ने क्षमता व्यवसायीमा नै हुन्छ । आँट, हिम्मत र साहस र व्यवसाय प्रतिको लगनले नै गर्दा व्यवसायीहरु सफल बन्दछन् । अनि त्यो व्यवसायले कति क्षेत्रमा प्रभाव पार्दो रहेछ त कति क्षेत्रमा परिपुरक भएर रहेको हँुदोरहेछ त हामीलाई लाग्छ उसले कमाइरहेको छ । तर, कुनै पनि व्यवसायमा कमाउन धेरै गाह्रो छ र गाह्रो को बाबजुत समाज र राष्ट्रप्रति कति योगदान गरेको हुन्छ भन्ने त्यो सम्बन्धित निकायले बुझ्न जरुरी छ । यी यस्ता व्यवसायीहरुलाई हामीले संरक्षण गर्नुपर्छ । प्रवद्र्र्धन गर्नुपर्छ । र सुरक्षित गराउनुपर्छ । मध्यम वर्गीय व्यवसायीको लागि यो संक्रमणकालीन समय हो ।

यो समयमा बैंक वित्तीय संस्थाले, सरकारले र व्यवसायीका छाता संगठनहरुले त्यस्ता व्यवसायीलाई बचाउन के–के गर्न सकिन्छ समन्वयकारी भूमिका निभाउनुपर्छ । व्यवसायको कर्म कमाउनु हो । कमाउने कर्म गरिरहँदा परिवार, समाज र राष्ट्रमा योगदान उच्च छ । त्यसैले त यो समाजमा व्यवसायीलाई उच्च सम्मानले हेर्ने गरिन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here