लायन्स क्लब अफ बिर्तामोडको पद हस्तान्तरण

0
1189

 

बिर्तामोड,
लायन्स क्लब अफ बिर्तामोडको पद हस्तान्तरण सम्पन्न भएको छ ।

वर्ष २०२०÷ ०२१ का अध्यक्ष मोहनकुमार मित्तललाई वर्ष २०१९÷२०२० का अध्यक्ष जीवनकुमार खड्काले पद हस्तान्तरण गरेका थिए ।

बिर्तामोडको आँगन पार्टी प्यालेसमा भएको कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लव अफ बिर्तामोडका पूर्व अध्यक्ष तथा रिजन चियर पर्सन सत्यनारायण शर्माले क्लबले यसअघि गरेका कामको प्रशंसा गर्दै नयाँ समितिलाई शुभकामना दिएका थिए ।

कार्यक्रममा पूर्व अध्यक्ष तथा एरिया कोर्डिनेटर सुरज कुमार रौनियार, पूर्व अध्यक्ष तथा जोन चियर पर्सन ओमकृष्ण बिमली, निवर्तमान अध्यक्ष गौरीशंकर गुप्ता (टिन्कु), पूर्व अध्यक्ष लायन सुरेशकुमार अग्रवाल, गौतम शिवाकोटी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

क्लबका तृतीय उपाध्यक्ष बलराम कार्कीले स्वागत गरेको कार्यक्रममा जनसम्पर्क अधिकारी विपिन शर्मा घिमिरेले झन्डाको अभिवादन वाचन गरेका थिए । कार्यक्रम को सञ्चालन क्लबका सह– सचिव कुशल खतिवडाले गरेका थिए ।

क्लबले यसअघि नै नयाँ कार्यसमिति चयन गरेको थियो । अध्यक्ष लायन मोहन कुमार मित्तल, निवर्तमान अध्यक्ष लायन जीवन कुमार खड्का, प्रथम उपाध्यक्षमा लायन पुष्कर निरौला, द्वितीय उपाध्यक्षमा लायन बलराम कार्की, तृतीय उपाध्यक्षमा लायन निकेश कुमार गट्टानी रहेका छन् ।

क्लबको सचिवमा लायन सङ्गिता देबि रौनियार, कोषाध्यक्ष मा लायन कुशल खतिवडा, सह– सचिवमा बिपिन शर्मा घिमिरे, जनसम्पर्क अधिकारी (प्रवक्ता) मा राजेन्द्र बिमली, टेमरमा दिवाकर लाल चौधरी, टेल– टुविइस्टर मा अप्सरा बस्नेत खड्का, बोर्ड अफ डाइरेक्टरमा लायन प्रदिप खरेल, लायन किरण थापा, लायन पर्बत थापा, लायन घनेन्द्र खनाल चयन भएका छन् ।

उता लियो क्लव अफ बिर्तामोड सिनियर (२०१९र२०) का अध्यक्ष लियो आकाश गोयलले (२०२०÷२०२१) का अध्यक्ष लियो सुदन बुढाथोकीलाई पदभार हस्तान्तरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here