प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ

0
854

विराटनगर।

सुनसरीको इनरुवा नगरपालिका–३ महेन्द्र चोकबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ईनरुवा–१० का ३० बर्षीय मोहमद अलाउदिन र सोही स्थानका २५ बर्षीय अक्तर आलम रहेका छन ।

आज बिहान साढे ११ बजे को १० प १९९ नम्बरको मोटरसाईकलमा सवार गरी आएका दुबै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरुको साथबाट डाईलेक्स डिसी–१० बोतल र स्पास्मो प्रोक्सिभन–११४ क्याप्सुल फेला पारी बरामद गरिएको हो ।

विशेष सुराकका आधारमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here