इलाममा १५ प्रतिशत मात्रै रोपाइँ

0
535

इलाम ।

इलाममा हालसम्म १५ प्रतिशत रोपाइँ भएको छ । जिल्लाको तल्लो क्षेत्रमा रोपाइँ भए पनि माथिल्लो क्षेत्रमा रोपाइँ सुरु भएको छैन । इलामको बढी धान उत्पादन हुने माई नगरपालिका र चुलाचुली गाउँपालिकामा रोपाइँ सुरु गरिएको छ ।

जिल्लाको देउमाई नगरपालिका, इलाम नगरपालिका, सूर्योदय नगरपालिका, रोङ गाउँपालिकालगायतका धान उत्पादन हुने क्षेत्रमा भर्खर रोपाइँ सुरु गरिँदै छ । समयमै पर्याप्त बर्षा भए पनि जिल्लामा धान रोपाइँ १५ प्रतिशत मात्र सम्पन्न भएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख शालीकराम भट्टराईले जानकारी दिनु भयो ।

इलाममा चैते र बर्खे गरी दुई समय धान रोप्ने गरिएको छ । जिल्लामा हर्दीनास, राधाकृष्ण, जातका धान रोपिँदै आएको कृषि ज्ञान केन्द्र इलामले जानकारी दिएको छ । जिल्लामा ४१ हजार १ सय ६२ मेट्रिकटन धान उत्पादन हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here