अर्जुनधारामा ०७७/०७८ को बजेट नीति तथा कार्यक्रम पारित

0
1017

अर्जुनधारा ।

स्थानीय सरकार सञ्चालन ऐन् २०७४ अनुसार झापाको अर्जुनधारा नगरपालिकाले नगर सभामा पेश गरेको आगामी आर्थिक वर्ष ०७७÷०७८को बजेट नीति तथा कार्यक्रम पारित भएको छ ।

गत असोज १० गते नगरपालिकाको सातौं नगर सभामा नगर उपप्रमुख एवम् योजना तर्जुमा उपसमितिकी संयोजक कमला खतिवडा आचार्यले प्रस्तुत गरेको बजेट नीति तथा कार्यक्रम संशोधन सहित शुक्रबार सम्पन्न नगर सभामा पारित भएको हो ।

सभाले आगामी आर्थिक वर्षको लागि सामाजिक सुरक्षा भत्ता बाहेक ७९ करोड ६३ लाख ४१ हजार बजेट विनियोजन गरेको छ ।

त्यसैगरी सभामा स्थानीय सरकार सञ्चालन विधेयक २०७४को परिच्छेद ९को अधिनमा रहि आगामी आर्थिक वर्षको लागि अर्थ सम्बन्धि विधेयक उपप्रमुख आचार्यले प्रस्तुत गरेकी थिइन् ।

प्रस्तावलाई कार्यान्वयन गर्नको निम्ति स्थानीय कर तथा संकलन गर्ने, छुट दिने तथा आय संकलनको लागि प्रशासनिक व्यवस्था गर्ने विषयमा नगर सभाले विधेयक पेश गरेको थियो । विधेयक माथिको छलफल आगामी नगरसभाले गर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here