न्यूनीकरणका लागि टोल टोलमा सचेतना

0
1653

बिर्तामोड।

प्रविधिको दुरुपयोग गर्दै सामाजिक सञ्जालमा लाइभ गर्दै दाङको तुलसीपुरमा एक युवतीले आत्महत्या गरिन् ।

त्यस्तै झापामा एक युवाले आफ्नै घाँटी आफैले रेटेर आत्महत्या गरे । यि घटना आत्महत्याका प्रतिनिधि घटना मात्रै हुन् । नेपालमा दैनिक आत्महत्या गर्नेको संख्या बढ्दै गएको बताइएको छ । बिश्वमा प्रत्येक ४० सेकेण्डा एक जनाले आत्महत्या गर्ने गरेको विश्वस्वास्थ्य संगठनले जनाएको छ । नेपालमा वार्षिक रुपमा सात हजार बढीले आत्महत्या गर्न गरेको सरकारी तथ्याङ्क छ ।

कोरोना भाइरसका कारण मानिसमा आर्थिक तथा मानसिक समस्या बढेपछि आत्महत्याका घटना बढेको पाइएको छ । आत्महत्या बढीरहेको समयमा यसलाई रोक्न झापामा नयाँ अभियान शुरु गरिएको छ । इलाका प्रहरी कार्यालय अनारमनी र सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा बिर्तामोड नगरपालिका ४ भित्र रहेका ३१ वटा टोल विकास संस्था र सामुदायिक सेवा केन्द्र अन्तरगतको ८ वटा व्लकका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागीतामा आत्महत्या न्यूनीकरणका लागि समुदायले खेल्नु पर्ने भूमिकाका विषयमा अभियान शुरु गरिएको छ । अभियान अन्तरगत सबै वडावासीलाई आत्महत्या न्यूनीकरण सम्वन्धि सचेतना प्रदान गर्न शुरु गएको छ । विशेषज्ञ डाक्टरसहित प्रहरी जनप्रतिनिधि टोल विकास संस्थाका पदाधिकारीहरुको सहभागीतामा अभियान चलाइएको हो ।

अभियानमा सहजीकरण गर्दै बिएण्डसी अस्पतालका मानसिक रोग विशेषज्ञ डा सन्दर्भ अधिकारीले मानसिक समस्याका कारण ९० प्रतिशत आत्महत्याका घटनाहरु ह्ुने गरेको बताए । उनले रिस, आवेग, उत्तेजना, आर्थिक तनाव, सामाजिक वहिस्कार, असफल प्रेम, दीर्घ रोगी, लगायतका कारण मानिस आफ्नो जीवनबाटै निरास हुने र उसले आत्महत्याको वाटो रोज्ने गरेको डा अधिकारीले बताए । उनले आत्महत्या न्यूनीकरण गर्नका लागि आत्महत्या गर्न प्रयोग गरिने साधनमा सरकारले पूर्ण रुपमा लगाउनु पर्ने बताए ।

नेपालमा आत्महत्याको दर बढ्दै गएको र यसलाई रोक्न सचेतनाको जरुरी रहेको भन्दै डा अधिकारीले भने परिवारका सदस्यमा उसको व्यवहारमा परिर्वतन आयो भने त्यसमा वशेष ख्याल गर्नु पर्छ । मानसिक स्वास्थ्यको विषयमा सचेत बन्दै मानसिक रोग विशेषज्ञ डा संग परामर्स लिन प्रेरित गर्नु पर्ने बताए । उनले डिप्रेसनलाई बुझेर त्यसको निधानका विषयमा परिवार छिमेकी, सजक बन्नु पर्ने डा अधिकारीको भर्ना छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले पछिल्लो समय आत्महत्याको दर बढ्दै गएको बताए । उनले आत्महत्याको कारण खोज्न जरुरी रहेको बताए । आत्महत्या कोरोना भाइरस भन्दा भयानक बन्दै गएको छ प्रहरी उपरीक्षक कोइरालाले भने ।

आत्महत्या न्यूनीकरणका लागि समुदाय स्तरमा सचेतनाको जरुरी रहेको र त्यसलाई बुझेर सुन्दर सामुदायिक प्रहरी सेवा अन्तरगतका आठ ब्लक र वडा नम्वर ४ का ३१ वटा टोल विकास संस्थाबाट एकैसाथ सचेतना मूलक अभियान सञ्चालन गरिएको हो सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष उत्तम खनालले बताए । उनले आत्महत्या न्यूनीकरणका लागि समुदाय स्तरमा नै सचेतनाको खाँचो रहेको उल्लेख गरे ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले व्यक्तिगत स्वास्थ्य समस्याका कारण मानिसले आत्महत्या गर्ने क्रम बढेकाले त्यसलाई रोक्न प्रहरीले समुदायसंग साझेदारी गर्दै सचेतना मुलक कार्यक्रम अगाडि बढाएको बताए । लकडाउनको समयमा झापामा मात्रै ९३ जनाले आत्महत्या गरको बताउँदै डिएसपी रिजालले भने इलाका प्रहरी कार्यालय अनारमनी अन्तरगतका बिर्तामोड, अर्जुनधारा, कनकाई नगरपालिका र वाह्रदशी गाउँपालिकामा सचेतना मुलक अभियानलाई तीव्रता दिने बताए । आत्महत्याको कारणको विषयमा प्रहरीले अनुसन्धान गरेर त्यसलाई रोक्न टोल विकास संस्था तथा विभिन्न संघ संस्थासंग सचेतना मुलक कार्यक्रम अघि सार्ने रिजालको भनाई छ ।

बिर्तामोड नगरपालिका – ४ का वडा अध्यक्ष कुलप्रसाद संग्रौलाले आत्महत्या न्यूनीकरणका लागि सामुदायिक प्रहरी र इलाका प्रहरी कार्यालय अनारमनीले शुरु गरेको अधियानलाई नगरपालिकाले साथ दिने बताए । उनले मानबीय क्षति न्यूनीकरण गर्नका लागि सबैले हातेमालो गर्न जरुरी रहेको धारणा राखे ।

सुन्दर सामुदयिक प्रहरी सेवा केन्द्रका पूर्व अध्यक्ष सञ्जीव चापागाईले स्वागत गरेको कार्यक्रममा आत्महत्या न्यूनीकरण सम्वन्धि वृत्त चित्र प्रस्तुत गरिएको थियो ।

घाँटी रेटेर आत्महत्या

झापाका एक व्यक्तिले आज घाँटी रेटेर आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हल्दिवारी गाउँपालिका – ४ निवासी २१ वर्षीय सन्दिप शर्माले घाँटी रेटेर आत्महत्या गरेका हुन् । उनले विहीवार अपरान्ह चक्कुले आफ्नै घाँटी रेटेका थिए ।

घाँटी रेटेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि तत्काल मेची अञ्चल अस्पताल भद्रपुर पु¥याइए पनि उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here