छुट्टाछुट्टै स्थानमा दुर्घटनाबाट ४ जनाको मृत्यु

0
973

विराटनगर ।

प्रदेश–१ का विभिन्न जिल्लामा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । तेह्रथुम आठराई गाउँपालिका–५ सुकेपोखरी सार्की डाँडा भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा आठराई गाउँपालिका–५ का ३८ बर्षीय ललित खवास र सोही स्थानका ४० बर्षीय श्याम मगर रहेका छन । श्री केजी निर्माण सेवाको मे १ त ६२१९ नम्बरको ट्याक्टर चुहानडाँडाबाट सुकेपोखरी तर्फ जाने क्रममा एक्कासी १० मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टरमा रहेका खवास र मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

ट्याक्टरमा रहेका अन्य ५ जना समेत घाईते भएकोले उनीहरुको जिल्ला अस्पताल पांचथरमा उपचार भईरहेको छ । यता सुनसरीको बर्जु गाउँपालिका–२ स्थित बिराटनगर सितागंज सडकखण्डमा ना ७ ख २६२६ नम्बरको टिप्परले को २ ह ३२४२ नम्बरको अटो टेम्पोलाई ठक्कर दिँदा अटोमा सवार रहेका ५५ बर्षीय शिवु महत्तोको मृत्यु भएको छ ।

त्यस्तै ईटहरी–७ बस्ने २० बर्षीया स्वस्तिका चौधरीको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । ईटहरी(१७ स्थित राजमार्गमा को ११ प २६५८ नम्बरको मोटरसाईकलले को २३ प ५५५६ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिई दुर्घटना हुँदा को २३ प ५५५६ नम्बरको मोटरसाईकल पछाडी सवार रहेकी चौधरीको उपचारको क्रममा नोबेल हस्पिटल बिराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here