‘किरिबाटी’ अ टिनी आइल्याण्ड

२० असार २०७७, शनिबार मा प्रकाशित

भुवन तामाङ,

कोरीबाटी लेख्नु पर्नेमा यो पंक्तिकारले किन किरिबाटी लेखेको होला भन्ने लाग्न सक्छ । तर, सही शब्द किरिबाटी नै हो । अनि यो कुनै एक सानो भन्दा पनि सानो आइल्याण्डको नाम हो । जुन प्यासिपिक समुद्रको मध्यमा एक देशकै रुपमा रहेको छ ।

किरिबाटी आइल्याण्ड यति सानो छ कि यसको जनसंख्या केवल एकलाख १९ हजार चारसय ३६ मात्र रहेको छ । यसको क्षेत्रफल तीनसय १३ स्क्वायर माईल (आठसय ११ स्क्वायर कि.मि.) मात्र छ । किरिबाटीको जिडिपि दुईसय बिलियन डलर हाराहारीको रहेको छ । यति सानो इन्डिकेटर रहेको यो देशबारे छक्कै पार्ने कुरा के छ भने यो देश ज्यादै महत्पूर्ण र रणनीतिक स्थानमा अवस्थित छ । जसप्रति अष्टे«लिया, अमेरीका र चीनको ज्यादै चासो भित्र पर्दछ ।

चीनले दुनियालाई छक्कै पारिदियो ः एक अन्तराष्ट्रिय अंगे्रजी अनलाईनका अनुसार विश्वका सबै देशहरु कोरोना भाइरस विपद् व्यबस्थापनमा ध्यानमग्न भइरहेको समयमा चीनले चाहिँ किरिबाटीमा गएको मे महिनामा सुटुक्क दूताबास खोल्न भ्याएको छ । जसले गर्दा अष्टे«लिया र अमेरीका त तीनछक्क परेका छन् नै विश्वभरका देशहरुपनि आश्चर्यमा परेका छन् । किनभने किरिबाटी देश रहेको सामुद्रिक क्षेत्रमा चीनलाई ढिम्किन नदिने योजना बुनिरहेका अष्टे«लिया, विशषगरि अमेरीकालाई चीनले मज्जाले झुक्याएको छ ।

किरिबाटी अष्टे«लिया र न्यूजिल्याण्डदेखि उत्तरपूर्व दिशामा पर्दछ । किरिबाटी रहेको जल क्षेत्र यस कारण महत्वपूर्ण छ कि जहाँबाट अमेरीका, यूरोप, अष्टे«लिया, चीन, जापान लगायत एशीयाका विशाल व्यापारिक पानीजहाज पास हुने मार्ग हो । व्यापारिक मार्गका साथसाथै जलसेनाका पानीजहाजहरु पनि यसैक्षेत्रबाट पास हुन्छन् । त्यसैले बलियो पोजिसन बनाउन नै चीनले किरिबाटीमा दूतावास खोलेको हो । चीन रणनीतिक दृष्टिले बलियो हुने देखिएकाले अष्टे«लिया र अमेरीकालाई चिन्ता बढ्ने देखिन्छ ।

कोरोना भाइरसका कारण चीन र अमेरीकाको सम्बन्धमा दरार पैदा भएको छ । कोरोना भाइरस उत्पत्तिको जाँच हुनुपर्ने कुरा अष्टे«लियाले पनि उठाएपछि चीन र अष्टे«लियाबीचको सम्बन्धमा पनि चिसोपन शुरु भएको छ । केही महिना अघिसम्म चीन र अष्टे«लियाको सम्बन्ध सुमधुर थियो । अष्टे«लियाका किसानहरुले बताइरहेका थिए कि चीनले अष्टे«लियाका किसानले उब्जाएका जौ खरीद गरिदिएर अष्टे«लियाका किसानलाई अमिर बनाइदिएको छ । तर, भर्खरै चीनले अष्टे«लियाबाट चीन आउने जौमा अस्सी प्रतिशतसम्म कर बढाइदिएको छ । कोरोना भाइरस उत्तपत्तिबारे चीनमा जाँच गर्नुपर्ने अष्टे«लियाको माग लगत्तै चीनले यस्तो कारबाही गरेर अष्टे«लियामाथि दबाब बनाइरहेको चीनले किरिबाटीमा दूताबास खोलेर थप दबाब श्रृजना गरेको छ ।

अहिलेसम्म अष्टे«लिया किरिबाटीका लागि प्रमुख आर्थिक सहयोगी रहिआएको छ । ताइवानले पनि यो देशलाई आर्थिक सहयोग गर्दै आएको छ तर किरिबाटीमा अब चीन अगाडि बढ्न चाहेको देखिन्छ । यस जलक्षेत्रमा चीनले बलियो उपस्थिति जनाउन चाहेको देखिन्छ । किरिबाटीमा पहिल्यै अष्टे«लिया, न्यूजिल्याण्ड र क्यूबाका दूतवास रहेका छन् । यसमा चीन थपिएको छ । गएको जनवरीमा किरिबाटीका राष्ट्रप्रति टेनेटी मामाउ चीन भ्रमणमा गएका थिए र चीनका राष्ट्रपति सि जिनपिङ्गसँग भेट गरेका थिए । सन् २००६ मा चीनका उच्च व्यक्तित्व प्रिमियर वेन जीयाबाओ किरिबाटी भ्रमणमा आएका थिए ।

किरिबाटीको केही विशेषता ः किरिबाटीलाई रिपब्लिक किरिबाटी भनिन्छ । किरिबाटी ३३ वटा ज्यादै ससाना तर सुन्दर टापुहरुले बनेको देश हो । समुद्रको बीचमा रहेकाले माछा व्यापार यसको प्रमुख आम्दानीको आधार हो । यहाँ अष्टे«लियन डलर मुद्रा चल्दछ । पर्यटन, नरिबल बिक्री, रेमिट्यान्स, कृषि र वन पैदावार आदि पनि किरिबाटीको प्रमुख आम्दानीको स्रोत हुन् । यहाँको प्रमुख भाषा गिलबरटिज हो जो अष्ट्रोनेशियन भाषा परिवारभित्र पर्दछ तर उनीहरु अंग्रेजी पनि राम्रोसँग जान्दछन् । यहाँ शिक्षा निःशुल्क छ र ६ देखि १३ वर्ष उमेरका लागि शिक्षा अनिवार्य गरिएको छ । साक्षरता दर ९९ प्रतिशत मानिन्छ । देशको कूल आम्दानीको २५ प्रतिशत जति बजेट शिक्षाका लागि छुट्याइन्छ । उनीहरु अधिकांश क्रिस्चियन भएकाले क्रिसमस र नयाँ वर्ष धुमधामसँग मनाउँछन् । सन् १९७९ मा तत्कालीन ग्रेट ब्रिटेनबाट स्वतन्त्र भएकाले उनीहरु बर्षेनी स्वतन्त्रता दिवस पनि मनाउँछन् । युथ डे र बेटियो नामक माछा मार्ने प्रतियोगिता गेम मनाउँछन् । किरिबाटीको कला, संगीत तथा नृत्य पनि प्रसिद्ध छ । चामलका परिकार र माछा उनीहरुको प्रमुख खाना हो । पानी उनीहरुको जीवनशैली हो र उनीहरुको अधिकांश समय पानीमै बित्दछ ।

किरिबाटी महत्वपूर्ण हुनको तीन कारण ः (१) किरिबाटी भएको क्षेत्रले अमेरीका र एशीयालाई जोड्दछ । त्यसैले व्यापारिक दृष्टिकोणले ज्यादै अहम छ । (२) किरिबाटी रहेको सामुद्रिक क्षेत्रमा अमेरीकाको ठूलो प्रभाव छ । त्यहाँ चीन पनि प्रभाव बढाउन चाहन्छ । चीन त्यहाँ मिलिटरी बेस नै खडा गर्न चाहन्छ । (३) अहिलेसम्म किरिबाटी र अष्टे«लियाबीच सुमधुर सम्बन्ध छ । कोरोना भाइरसको विषयलाई लिएर अष्टे«लियाले चीनलार्इृ घेर्न चाहेको बदलामा अब चीन किरिबाटी र त्यस वरपरको जलक्षेत्रमै प्रभाव बढाउन चाहन्छ । चीन अष्टे«लियालाई चुनौति नै दिन चाहन्छ । अष्टे«लियाले किरिबाटीमा ६.२५ बिलियन डलर आर्थिक सहयोग गरेको छ तर अब चीन त्यहाँ बलियो आर्थिक उपस्थिति जनाउन चाहन्छ । कोरोना भाइरस विपद्सँग लड्न चीनले किरिबाटीलाई यथेष्ठ मेडिकल सपोर्ट गरेको छ । किरिबाटीमा चीनले चौधवर्षदेखि दूतावास खोल्न प्रयास गरिरहेको थियो तर अहिलेमात्र दूतावास संचालन गर्न सक्षम भएको छ ।

किरिबाटी क्षेत्र रहेको सामुद्रिक क्षेत्र यस्तो मार्ग हो कि जहाँबाट हङकङ, मकाउ, ग्वाङ्गडोङ आउजाउ गर्न चीनका लागि एकदम महत्पूर्ण छ । त्यस्तै गरी अष्टे«लिया र न्यूजिल्याण्डलाई पनि यस क्षेत्रका दश देशसँग सम्बन्ध बनाइराख्न सजिलो मार्ग सावित भएको छ । फिजी, सामो र सोलोमन टापुहरुहरुसँग जोडिन यो मार्ग सजिलो छ । जसमा अमेरीकाको पनि ज्यादै चासो रहेको छ । खासमा किरिबाटी र यस क्षेत्रको निगरानीका लागि अष्टे«लिया र न्यूजिल्याण्डले राम्रो भूमिका खेल्न सक्छन् तर चीनको उपस्थितिले तिनीहरुको प्रभाव कम हुने देखिन्छ ।

चीनले दूताबास खोलेपछि किरिबाटीले के पाउँछ ? किरिबाटीले विश्वका धनी देशहरुबाट आर्थिक सहयोग पाइरहेकै थियो तर अब विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनबाट पनि यथेष्ठ आर्थिक सहयोग पाउने देखिन्छ । तर, अर्र्कोतिर सबैको आँखाको नानी जस्तै ठानिएको किरिबाटी शक्तिशाली देशहरुबाट पिसिइने पनि उत्तिकै सम्भावना बढेर गएको छ ।

किरिबाटीमा दूतावास खोलेर चीनले चाहिँ के पाउँछ ? खासमा, प्यासिपिक, इन्डो प्यासिपिक र साउथ चाइना सामुद्रिक क्षेत्रहरुमा अमेरीका उपस्थिति बढाउन चाहन्छ । यदि अमेरीका साउथ चाइना सिमा घुस्यो भने चीनलाई निक्कै असहज हुन्छ । त्यसैले चीन अमेरीकालाई रोक्न चाहन्छ । रोक्न नसकेपनि दह्रो चुनौती दिन चाहन्छ । किनकि विशेषगरि साउथ चाइना समुद्रिक क्षेत्र चीनको लागि ब्यापारिक र सामरिक महत्व छ । यस क्षेत्रमा रहेका प्राकृतिक तथा भौगर्भिक स्रोतको उपयोग गर्न चीनलाई सजिलो पर्दछ ।

चीनको यस कदमको परिणामस्वरुप, अष्टे«लिया र अमेरीकाले चीनको राय या सहयोग लिनु पर्ने हुन्छ । यीनै कारण हुन सक्छन् विश्वका देशहरु कोरोना बिपत्तीसँग जुधिरहेका बेला नपत्याउने किसिमले किरिबाटीमा चीनले दूताबास खोलेको । यस क्षेत्रमा अमेरीका, अष्टे«लिया, भारत, जापान र चीन मिलेर राम्रो काम गरे भने विश्वलाई ठूलो लाभ हुने सम्भावना छ तर टकराव भए विनाश निम्तिन बेर छैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here