गेरुवामा सलह कीरा

0
752

धम्बोझी,

बर्दियाको गेरुवा गाउँपालिकामा सलह देखिएपछि किसान चिन्तित भएका छन् । भारतबाट नेपाल आएको सलह किसानले लगाएका बालीनालीमा देखा परेको छ । गेरुवा गाउँपालिका –ं १ बगहिपुर र जनकनगरमा सलह देखिएको वडाध्यक्ष दयाराम वैद्यले बताउनुभयो ।

खेतमा सलह देखिएपछि स्थानीय किसानले मादल र थाल बजाएर भगाएको र केहीलाई माछा मार्ने जालमा फसाएर समात्ने गरेको किसान रामबहादुर थारुको भनाइ छ ।

भौरा क्षेत्रको गेरुवामा रोपिएको धान खेतमा सलह देखिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोन राजापुरका प्रमुख डा तपेन्द्र शाहले बताउनुभयो । सलह देखिएपछि कार्यालयबाट प्राविधिकको टोली उक्त क्षेत्रमा पठाइएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here