बझाङमा भीषण पहिरोले ३ को मृत्यु, ४ बेपत्ता

0
449

काठमाडौं, 

बझाङ केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेसीमा भीषण पहिरोमा परी ३ जनाको मृत्यु भएको छ।

अरु चार जना हराइरहेका छन्। गाउँको बीचबाट गएको पहिरोले १७ वटा घर बगाउँदा ४ महिला र ३ पुरुष गरी ७ जना वेपत्ता भएका थिए। उनीहरुमध्ये ३ जनाको शव निकालिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनराज जोशीले जानकारी दिए।

उनीहरुको पहिचान खुल्न बाँकी छ। बाढी र पहिरोले ३ वटा लघुजलविद्युत आयोजना र १६ वटा पानी घट्टमा पनि क्षति पुर्‍याएको उनले बताए।

पहिरोको जानकारी आएपछि प्रहरी घटनास्थलतर्फ गएको र बाटोमा बाढी र पहिरो भएकाले प्रहरी पुगिनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले उल्लेख गरे। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।- थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here