इलाम,
इलामको पशुपतिनगर नाका हुँदै भारतबाट अबैध रुपमा नेपाल ल्याउदै गरेको मल प्रहरीले बरामद गरेको छ ।
बिशेष सुचनाको आधारमा मल बरामद गरेको जिल्ला प्रहरी कार्यालय इलामका सुचना अधिकार प्रहरी नायव उपरीक्षक लालध्वज सुबेदीले जानकारी दिनुभयो ।
टोलीले सुर्याेदय नगरपालिका वडा नम्बर–३ कटेबुङमा भारतबाट आउँदै गरेको दुईवटा गाडी चेकजाच गर्दा ९० बोरा याराभेरा नामको मल फेला परेको थियो ।
प्रहरीले सवारी साधन र मल बरामद गरी सवारी चालकहरुलाई आवश्यक कारवाहीका लागी भन्सार कार्यालय पशुपतिनगर बुझाएको छ ।