नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ पुग्यो

0
1323

गोरखा।

नेपालमा कोरोना भाइरस (कोभिड-१९)ले थप एक जनाको मृत्यु भएको छ। सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशकाे अनुसार गाेरखा पालुङटार नगरपालिका- ७ का ४४ वर्षीय पुरूषकाे मृत्यु भएकाे हाे ।

गोरखा अस्पतालमा उपचाररत उनकाे शनिबार साँढे पाँचबजे मृत्यु भएको गोरखा अस्पतालले जनाएको छ । कतारबाट गत मंगलबार पालुङ्टार आइपुगेका ४४ वर्षका उनी मधुमेह रोगका दीर्घरोगी रहेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ।

कोरोनाको जटिल लक्षण देखिएपछि उनलाई जीवनज्योति माविको क्वारेण्टाइनबाट ल्याई शुक्रबार राति १० बजे गोरखा अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३३ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here