सशस्त्रले चासो नदेखाउँदा काँकडभिट्टामा तस्करी बढ्यो

0
695

झापा ।

सीमा नाका सिल भएको अवस्थामा पनि झापाको काँकडभिट्टा नाकाबाट तस्करी गतिविधि रोकिएको छैन । सो नाकाबाट अवैध रूपमा भन्सार छलेर चोर बाटाहरूबाट सरसामान ओसारपसार भइरहेको छ । यसैक्रममा झापा प्रहरीले ३६ बोरा सुख्खा सुपारी बरामद गरेको छ ।

प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकडभिट्टा र प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको संयुक्त प्रहरी टोलीले मेची नगरपालिका ४ स्थित आलडाँगीबाट सो परिमाणको सुख्खा सुपारी बरामद गरेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

प्रहरीका अनुसार नेपालबाट भारत लैजान लुकाई छिपाई राखिएको करिब ३ लाख २४ हजार मूल्य बराबरको सुपारी बरामद गरिएको हो । बरामद गरिएको सुपारीलाई मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइने जनाइएको छ ।

सो नाकाबाट तस्करी गतिविधि बढेको अवस्था नेपाल प्रहरी सक्रियता बढाएको छ । सीमा सुरक्षाको जिम्मा लिएका सशस्त्र प्रहरीले खासै चासो नदेखाउँदा काँकडभिट्टासहित जिल्ला विभिन्न नाकाबाट तस्करी मौलाउन थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here