गन्धर्बको “भरिया” म्युजिक भिडियो सार्बजानिक

२० असार २०७७, शनिबार मा प्रकाशित

युद्धबहादुर बोहोरा /पाँचथर, 

रेडियो प्रस्तोता तथा गीतकार तुल्सी बस्नेतको शब्द रचनालाई गायिका बर्त गन्धर्बको आवज रहेको म्युजिक भिडियोलाई सिएण्डडि मेलोडी नेपालको युट्युब मार्फत सार्वजानिक भएको छ ।

विश्व महामारीले बन्दाबन्दी भएको अवस्थामा हरेक मानिसहरुले कोरोनाको नियन्त्रण तथा रोकथामको लागि विभिन्न माध्यमहरुले सहयोगको गरिरहेका छन् । यहि बेला गीतकार बस्नेतले गीत मार्फत महामारीको मारमा परेका ज्याला मजदुरी गरि जीवन गुजारा चलाउने मजदुरहरुको दयनिय जनजीवनमा आधारित कथालाई साँगितिक क्षेत्रबाट पिडा भुलाउने कोशिस गरेका छन् ।

यस गीतले सडक र गल्लीमा रात दिन भौंतारिएर दैनिक छाक टार्न पसिना बगाउने दुखीहरुको भावना र चोटहरुलाई मार्मिक रुपमा पस्कने प्रयास गरेका छन् । लामो समय देखि प्रवासमा रहेर समय सापेक्ष श्रोता सामु गीतसंगीत तयार गर्दै आएका पाँचथर फल्गुनन्द गाँउपालिका निवासी संगीतकार चन्द्र श्रेष्ठ आफैं पनि एक कुशल गायक हुन् । उनका दर्जनौं गीतहरु कर्णप्रिय छन् ।

द भ्वाइस अफ नेपालमा दर्शकहरु माँझ अत्याधिक रुचाईएकी गायिका बर्त गन्धर्बको आवजमा रहेको यो गीत उनका लागि पनि आफ्नो जीवनकै उत्कृष्ट गीत लागेको बताएकी छिन् ।

राजु कार्कीको संगीत संयोजन रहेको यस “भरिया” म्युजिक भिडियोलाई गायक देब्स रई र मिक्साम लिम्बुको मुख्य सहयोगमा जस्केलो क्रिएसनले भिडियो सम्पादन गरेको हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here