स्वास्थ्यमा समस्या आएपछि पत्रकार भण्डारीको फेरि शल्यक्रिया

0
602

बिर्तामोड।

पत्रकार चन्द्र भण्डारीको स्वास्थ्यमा समस्या आएपछि पुनः अस्पताल भर्ना भएका छन् ।

मस्तिष्कको नशामा रगत जमेको बताएपछि गत जेठ ३२ गते पत्रकार भण्डारीको बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्ता सिटी अस्पतालमा टाउकाको शल्यक्रिया गरिएको थियो ।

नेपाल पत्रकार महासंघका संस्थापक महासचिव तथा कञ्चनजंघा एफएमका प्रवन्ध निर्देशक समेत रहेका भण्डारीको शुक्रवार स्वास्थ्यमा समस्या आएपछि उनलाई पुनः अस्पताल भर्ना गरिएको हो । उनको पुनः टाउकाको शल्यक्रिया गरिएको छ ।

हस्पिटलका न्यूरो सर्जन डा. चन्द्रप्रकाश लिम्बू नेतृत्वको टोलीले डेढ घण्टा लगाएर यस अघि भण्डारीको टाउकोको शल्यक्रिया गरेको थियो । स्वास्थ्य अवस्थामा सुधार आएपछि भण्डारी गत असार १० गते डिस्चार्ज भएका थिए ।

तर,टाउकोमा पुनः समस्या देखिएपछि अस्पताल भर्ना गरिएका भण्डारीको शल्यक्रिया पछि सघन उपचार कक्षबाट क्याविनमा सारिएको हस्पिटलका निर्देशक आनन्द वस्नेतले जानकारी दिए ।

भण्डारीको स्वास्थ्य संदेदनशीलतालाई मध्यनजर गर्दै परिवारका सदस्य बाहेक सबैलाई उनीसंगको भेटघाट बन्द गराएको छ । फोन मार्फत उनको स्वास्थ्य अवस्था बुझ्न, स्वास्थ्यलाभको कामना गर्न ९८६०११४६५५ मा श्रीमती लीना भण्डारीलाई सम्पर्क गर्न सकिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here