काठमाडौं ।
कोरोना भाइरसका कारण यस वर्ष कक्षा ११ को पनि बोर्ड परीक्षा नहुने भएको छ ।
यो परीक्षा वैशाख २१ गतेबाट गर्ने तय भएको थियो । तर कोरोना भाइरसको महामारीका कारण परीक्षा नहुने भएको हो ।
अब आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई प्रमाणपत्र दिइने बताएको छ । विद्यार्थीहरुको आन्तरिम मूल्यांकन कसरी गर्ने भनेर कार्यविधि बनाउने जिम्मा राष्ट्रिय परीक्षा बोर्डलाई दिइएको छ ।
कार्यविधि अनुसार सम्बन्धित कलेजलहरुले विद्यार्थीहरुलाई अंक प्रदान गर्नेछन् । यसअघि कोरोना संक्रमणको जोखिमका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि नगर्ने निर्णय भएको थियो ।