शान्ति सुरक्षा कायम राख्न भन्दै प्रदेश सरकारले दियो प्रहरीलाई सवारी

0
1128

बिराटनगर।

आन्तरिक शान्ति सुरक्षालाई ध्यानमा राखेर १ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले १ नम्बर प्रदेश प्रहरी कार्यालयलाई १७० थान मोटरसाईकल तथा १० थान स्कुटर प्रदान गरेको छ ।

१ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज बिहान एक कार्यक्रमको आयोजना गरी आन्तरीक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वरबाबु कार्कीलाई मोटरसाईकल तथा स्कुटरको चावी हस्तानतरण गर्नु भएको हो ।

चावी हस्तानतरण कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानून मन्त्री कार्कीले बिभिन्न अपराध कार्यमा संग्लग्न ब्यक्तिहरुले अपराधका नयाँ–नयाँ शैली अपनाई रहेको अवस्थामा आन्तरिक शान्ति सुरक्षाको प्रमुख जिम्मेवारी रहेको नेपाल प्रहरीलाई साधन श्रोत सम्पन्न बनाउनुको बिकल्प नरहेको बताउनुभयो ।

हरेक प्रहरी युनिटमा सवारी साधन पुर्‍याउने र आन्तरिक शान्ति सुरक्षालाई थप सुदृढ बनाई आम नागरिकलाई सुरक्षाको प्रत्याभुति दिलाउने प्रदेश सरकारको दुरगामी नीति रहेको हुँदा सवारी साधन उपलब्ध गराईएको बताउनुभयो ।

मन्त्रालयले १ नम्बर प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी कार्यालयहरुलाई उपलब्ध गराउने गरी टिभीएस कम्पनीको १६० सीसीको अपाचे मोटरसाईकल ९० थान, बजाज कम्पनीको १५० सीसीको पल्सर मोटरसाईकल ८० थान र यमाहा कम्पनीको १२५ सीसीको यमाहा स्कुटर १० थान गरी १८० थान सवारी साधन उपलब्ध गराएको हो ।

त्यस्तै ट्राफिक ब्यवस्थापनमा सहजताका लागी मन्त्रालयले १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरीलाई समेत १० थान मोटरसाईकल हस्तान्तरण गरेको थियो ।

चावी हस्तान्तरण कार्यक्रममा सवारी साधनको चावी ग्रहण गर्दै १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वरबाबु कार्कीले प्रदेश सरकारलाई धन्यवाद दिनुका साथै उपलव्ध सवारी साधनले प्रहरी कर्मचारीहरुमा काम गर्ने थप हौसला प्रदान गरेको र उपलब्ध सवारी साधनहरु तल्लो स्तर सम्मका हरेक प्रहरी कार्यालयहरुमा वितरण गरिने तथा प्राप्त सवारी साधनले प्रहरीको काम कारवाहीमा सहजता प्रदान गरी चुस्त दुरुस्त हुनेमा आफु विश्वस्त रहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here