दुईतिहाइको खेल

२१ असार २०७७, आईतवार मा प्रकाशित

तिम्रो राजनीति खेलमा
स्कोर बोर्ड राख सरकार,
सकेसम्म टी.भी.मा
खेलाडी प्रत्यक्ष भिडेको हेर्न पाइयोस,
आफ्नो टिमले स्कोर गर्दा
ताली बजाउन पाइयोस,
लकडाउनले बेरोजगार भएको बेला,
घरमा बस्दा बस्दा दिक्क भएको बेला,
बिमल र सन्दिपको खेलहरु
हेर्न नपाएको बेला,
तिम्रो खेलतिर अलिअलि
रुचि बढिरहेको बेला,
पढ्न र सुन्न मात्र हैन
हान्दै र भिड्दै गरेको
टि.भी.मा
प्रत्यक्ष हेर्न पाइयोस सरकार ।

सलहको फौजले बाली सकिरहेको बेला,
रातमा जुनतारा देखिने क्वारेनटाइनमा
नागरिक छटपटाइरहेको बेला ,
गरिब, अपाङ्ग र भूमीहिनहरुले
पाँच केजी चामल
चार महिना पु¥याउन लाग्दा ,
सरकारको आदेशमा
कोरोनाको डरले
कम्पनी बन्द भएपछि
बेरोजगार बनेकाहरु
डिपे्रसनमा जानै लाग्दा
तिम्रो दुई तिहाइको
एउटै पक्षभित्र खेल शुरु भइसकेछ,
म त नेपालको नागरिक
जनता बन्न सकिन,
त्यसैले
तिमीहरु भित्रैको भिडन्त रोचक छ
त्यही भएर
यो खेल प्रत्यक्ष हेर्न पाइयोस सरकार ।

रविकिरण बान्तावा

प्रतिकृया व्यक्त गर्नुहोस् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here