२०७७ असार २२ गते सोमबारको राशिफल

२१ असार २०७७, आईतवार मा प्रकाशित

मेष– काममा मिहिनेतको फल प्राप्त हुनेछ । साथीभाइले राम्रै सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ ।

वृष– रोकिएका काम पुनः सुरु हुन सक्छन् । पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला ।

मिथुन– व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ । भोजमा सामेल भईएला ।

कर्कट– हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले मौका गुम्न सक्छ । बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ ।

सिंह– अध्ययनमा त्यति समय दिन नसकिएला । स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ । नयाँ काम सुरु गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ ।

्कन्या– अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । काम वनाउन समय पर्खनुपर्ने छ ।

तुला– आत्मविश्वासको कमीले पछि परिनेछ । भेटघाटमा अलमलिनाले चिताएका काममा पनि बाधा हुनेछ ।

वृश्चिक– मिहिनेत गर्दा पछिका लागि फाइदा लिन सकिनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला ।

धनु– परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ ।

मकर– छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला । फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला ।

कुम्भ– व्यवसायमा लगानी बढाउनुपर्ला । बलजफ्ती व्यवहारले व्यर्थैमा समस्या निम्त्याउन सक्छ । आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ ।

मीन– खर्च लागे पनि यात्रा गर्ने अवसर प्राप्त हुनेछ । तर आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन् । वेलैमा सजक बन्दा राम्रो होला ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here