मगर भाषाको पाठ्यपुस्तक प्रकाशित

२२ असार २०७७, सोमबार मा प्रकाशित

सुर्खेत,

पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले स्थानीय मगर भाषामा कक्षा ३ को पाठ्यपुस्तक प्रकाशन गरेको छ । सोही गाउँपालिका–१ निवासी मनबहादुर बगाले मगरद्वारा लिखित उक्त पुस्तक गाउँपालिकाले प्रकाशन गरेको हो ।

गाउँपालिकाको आर्थिक सहयोगमा यसअघि उहाँले कक्षा एक र दुईका लागि ‘कानूङ ढूट्झ्युल–सोमरा कट्छया’ नामक मगर भाषा पुस्तक प्रकाशन गरिसक्नुभएको छ । नयाँ पुस्ताले मगर भाषा सजिलैसँग बोल्न–लेख्न सकुन् र भाषा लोप हुनबाट जोगाउने उद्देश्यले पुस्तक तयार गरेको लेखकले बताउनुभयो । पुस्तकले आफ्नो संस्कृति र परम्परागत प्रविधि नयाँ पुस्तामा हस्तान्तरण गर्न सजिलो हुने उहाँको भनाइ छ ।

चौकुने गाउँपालिका मगर समुदायको अत्यधिक बसोबास हुने क्षेत्रमध्येमा पर्दछ । गाउँपालिकाका उपाध्यक्ष निर्मला रानामगरले मगर भाषाको पाठ्यपुस्तक निर्माणका लागि बर्सेनि बजेट विनियोजन गर्ने गरेको बताउनुभयो । “मगर भाषाको पाठ्यपुस्तकले स्थानीय मगरभाषीको उत्थानमा महत्वपूर्ण योगदान मिल्नेछ”, पुस्तक विमोचन गर्दै उपाध्यक्ष रानाले भन्नुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले आधारभूत तहको शिक्षा मातृभाषामा दिई दोस्रो भाषी विद्यार्थीको सिकाइ प्रभावकारी बनाउन पाठ्यपुस्तकले सहयोग पु¥याउने अपेक्षा गर्नुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here