स्वास्थ्य केन्द्रका लागि फुयालले गरे जग्गादान

0
598

अर्जुनधारा ।

अर्जुनधारा नगरपालिका वडा नं. १ मा स्वास्थ्य केन्द्र स्थापनाका लागि स्थानीय मानबहादुर फुयालले निःशुल्क जग्गादान गरेका छन् ।

अर्जुनधारा नगरपालिका वडा नं. १ सिस्नेमा स्वास्थ्य केन्द्र निर्माणका लागि फुयालले करिब ३० लाख बराबरको दुई कठ्ठा तीन धुर क्षेत्रफलको जग्गा स्वास्थ्य केन्द्रको नाममा भूमिसुधार तथा मालपोत कार्यालय चन्द्रगढी झापामा रजिष्ट्रेशन पास गरिदिएका छन् ।

हिजोका दिनमा सुगम भनिए पनि दुर्गममा रहेका कारण कतिपयले स्वास्थ्य सेवा नपाएका कारण ज्यान नै गुमाउनु परेको हुँदा घरमै स्वास्थ्य सेवा पाइयोस र अकका दिनमा स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले आफूले जग्गादान गरेको उनले बताए । आफूले जग्गादान गरेपछि स्वास्थ्य केन्द्रको भवन निर्माण गरी छिटोभन्दा छिटो सेवा सञ्चालन गर्न उनले आग्रह समेत गरेका छन् ।

नगपालिकाका केही वडाहरुमा आफ्नै जग्गामा भवन निर्माण भए पनि वडा नं. १ लगायत वडा नं. २, ६, ७, र ८ मा जग्गा र भवन अभावका कारण कतै भाडामा त कतै सामुदायिक भवन र गैरसरकारी संघ–संस्थाको भवनमा स्वास्थ्य केन्द्र सञ्चालन गरिँदै आइएको नगरपालिका प्रमुख हरिकुमार रानामगरले बताए ।

पछिल्लो समय कोरोना कहरका कारण पनि स्वासथ्य सेवालाई प्राथमिकतामा राखिएको हुँदा आफ्नो कार्यकाल मै सबै वडाहरुमा स्वास्थ्य केन्द्रका भवनहरु निर्माणका लागि आफू लागीपरेको नगर प्रमुख रानामगरले बताए ।

नगरपालिकामा रहेका सबै वडामा ११ वटै स्वास्थ्य केन्द्र रहेको र वडा नं. ३, ४ र ९ मा पुरानो संरचना मै भएका स्वास्थ्य संस्थाहरु रहेका छन् भने वडा नं. ५, १० र ११ मा वडा मार्फत स्वास्थ्य केन्द्र भवन निर्माण भई सेवा सञ्चालन भइ सकेको र अन्य वडामा पनि निरन्तर काम गरिँदै जाने उपप्रमुख कमला आचार्यले बताइन् ।

अर्जुनधारामा शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्र, खुदुनाबारी स्वास्थ्य चौकी र अर्जुनधारा स्वास्थ्य चौकी पहिला नै स्थापना भइसकेका छन् भने वडा नं. ५, १० र ११ मा संघीय गणतन्त्रको स्थापनापश्चात स्वास्थ्य केन्द्र स्थापना भएका हुन् । स्वास्थ्य सेवा सञ्चालनका लागि आफ्नो भवन नहुँदा कुनै समय विभिन्नखाले समस्याहरु आइपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

त्यस्तै हाल अहेव र अनमीबाट सेवा प्रवाह भइरहेको वडाको स्वास्थ्य केन्द्रमा भवन निर्माणपश्चात हेल्थअसिटेन्टबाट स्वास्थ्य सेवा प्रदान गरिने वडाको योजना रहेको वडाध्यक्ष गजाधर खतिवडाले बताए । वडा नं. १ मा स्वास्थ्य केन्द्रको भवन निर्माण भएपश्चात वडाका सर्वसाधरणलाई बीमा औषधि कार्यक्रम उपलब्ध गराउने योजनाका साथ वडा कार्यालय लागीपरेको उनको भनाई छ ।

भवन निर्माण पस्चात हप्ताको कम्तिमा दुई पटकसम्म एमबीबीएस डाक्टरको सेवा प्रदान गरिने योजना रहेको वडा सचिव खगेन्द्र लिङ्देनले बताए । क्याडिक÷डाइबेटिक तथा उच्च रक्तचाप सम्बन्धीका क्लब तथा समूह गठन गरी दिर्घरोगीहरुको आत्मबल बढाउने कार्यक्रमसहित अगाडि बढ्ने र महिनाको कम्तिमा दुईपटक बिशेषज्ञ सेवा प्रदान गर्ने सचिव लिङ्देनको भनाई छ ।

हाल वडा नं. १ मा सयपत्री युवा क्लव शान्तिचोकको भवनमा रहेको स्वास्थ्य केन्द्रमा दैनिक सामान्य स्वास्थ्य चेकजाँच तथा परामर्श सेवाहरु भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here