मोटरसाइकल दुर्घटनामा प्रहरी जवान अधिकारीको निधन

0
604

बिर्तामोड ।

झापाको बिर्तामोडमा भएको सवारी दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ ।

कांकरभिट्टाबाट बिर्तामोड तर्फ आउने क्रममा बिर्तामोड स्थित सुगम पम्प अगाडीको कल्र्भटमा मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनामा उदयपुर घरभएका प्रहरी जवान बीरबहादुर अधिकारीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनी को ३ प १९३३ नम्बरको मोटरसाइकलमा सवार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रकाश जवेगूले जानकारी दिए ।

अधिकारी इलाका प्रहरी कार्यालय काँकरभिट्टाको मुद्धा शाखामा दुई बर्ष देखी कार्यरत रहेका थिए । उनी संगै सवार अर्का प्रहरी हवल्दार ज्ञाननाथ तिम्सिनाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here