केमो चढाउन रकम अभाव , शारदाले गरिन् सहयोगको अपिल

0
1354

तुलसीप्रसाद निरौला
बिर्तामोड,  झापा बाह्रदशी– ७, सिमलचौक निवासी शारदा निरौला भट्टराईले आफ्नो जीवन बचाइदिन सबैसँग आग्रह गरेकी छिन् ।

स्तन र कलेजोको क्यान्सरका कारण उपचार गर्ने रकम अभाव भएर जीवन मरणको दोसाँधमा रहेकी उनले आफ्नो उपचारमा सहयोग गरी जीवन बचाइदिन सबैसँग आग्रह गरेकी हुन् ।

छ वर्षअघि स्तन क्यान्सर भएको थाहा पाएपछि भरतपुर क्यान्सर अस्पतालमा शल्यक्रिया गरी केमो चढाएर केहीहदसम्म क्यान्सर निको भएको उनले बताइन् ।
स्तन क्यान्सरबाट पीडित भइरहेकै अवस्थामा अहिले कलेजोमा पनि क्यान्सर भएपछि उनी झनै विक्षिप्त अवस्थामा पुगेकी छिन् । स्तन क्यान्सरको उपचार गर्दागर्दै आफ्नो भएको सबै सम्पत्ति सकिएकोे र सुरुङ्गामा भएको घरजग्गा पनि साहुलाई दृष्टिबन्धक पास गरेर त्यो पैसा पनि स्तन क्यान्सरको उपचारमा खर्च भएको रकम तिरेको उनले बताइन् ।

अझै पनि २० लाख रुपैयाँ स्तन क्यान्सरको उपचारमा खर्च भएको रकम तिर्न बाँकी रहेको उनले बताइन् ।
दुई बर्षअघि सवारी दुर्घटनामा परेर श्रीमान् ऋतुकान्त भट्टराईलाई गुमाएकी उनी सुरुङ्गाको घरजग्गा रकम अभाव भएर आफ्नो नाममा कसरी फिर्ता ल्याउने चिन्तामा रहेको बताउँछिन् ।
बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर हस्पिटलमा कलेजोको क्यान्सरको उपचार गराईरहेकी उनलाई १८ साइकल केमो थेरापी आवश्यक परेको पूर्वाञ्चल क्यान्सर हस्पिटलका क्यान्सर रोग विशेषज्ञले बताएको उनले जानकारी दिइन् । एक साइकल केमो थेरापीको ९० हजार पर्ने बताउँदै उनले अहिलेसम्म चार साइकल केमो लिएको बताइन् ।

दुई साइकल केमो आफन्तसँग एक लाख ८० हजार ऋण खोजेर र अर्को दुई साईकल बेलायतमा बस्ने नेपाली सहयोगी मनबाट जुटेको एक लाख ७५ हजार पाँच सय, बाह्रदशी गाँउपालिका वडा नं. ७ बाट २० हजार र नेपालभित्रका सहयोगी हातहरुबाट संकलन भएको ४२ हजार आर्थिक सहयोगमा केमो लिएको उनले बताइन् । अब १४ साइकल केमो चढाउन १५ लाख रुपैयाँ आवश्यकपर्ने उनले बताइन् ।
भएको सबै जायजेथा उपचारमा सकिएको अब बाँकी केमो चढाउने पैसा नभएको बताउँदै उनले भनिन्– ‘बिहान बेलुकीको छाक टार्न मुस्किल भएको अवस्थामा त्यत्रो पैसा कहाँबाट जुटाउने ? अब म मर्ने भएँ, म के गरुँ ? मलाई कसले बचाउँछ ? मेरो सहारा कोही छैन । मलाई बचाउनुहोस् । म अझै बाँच्न चाहन्छु ।’
सुरुङ्गामा भएको घरजग्गा पनि साहुलाई दृष्टिबन्धक पास गरेर त्यो पैसा पनि स्तन क्यान्सरको उपचारमा खर्च भएको रकम तिरेर अहिले बाह्रदशी–७, सिमलचौकमा बस्दै आएकी उनी सबैले उपचारमा सहयोग गरे आफू बाँच्ने बताउँछिन् ।

शारदा निरौला भट्टराईको सिद्धार्थ बैंक, चन्द्रगढी शाखा, झापाको खाता नं. ०२२१५०१३१५९ मा रकम जम्मा गरेर सहयोग गरिदिनुहुन उनले सबैसँग आग्रह गरिन् । त्यस्तै मोबाइल नम्बर ९८४५०८९२१३, ९८०७९०१३६८ मा सम्पर्क गरेर सहयोग गर्न सकिने उनले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here